साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

कसले मस्तिष्कमा हिंसा भर्‍यो हिसाब हुनु पर्छ उपचारका नाममा विषादी छर्‍यो हिसाब हुनु पर्छ कसले रोप्यो विषवृक्ष राजनीतिमा कसले हुर्कायो गुण्डाराज कसले संस्थागत गर्‍यो हिसाब हुनु पर्छ ।

Nepal Telecom ad

रुद्र ज्ञवाली  :

१.
हिउँदको लक्षण भन्नु जाडो सर्दी न हो
मान्छेभन्दा बढी शक्तिशाली बर्दी न हो
निर्दोष हिरासतमा अपराधी उन्मुक्तिमा
गुण्डाराजमा हुने यस्तै गुण्डागर्दी न हो ।

२.
राजधानी मोफसल मनबाट यो भ्रम हटाई दिनु पर्छ
देशको पहरेदारी कसले गरिरहेछ त्यो बताई दिनुपर्छ
चार भन्ज्याङ्भित्र बसेर स्याल हुइँया कराइरहेछन् जो
उनलाई देशको नक्सा र एकथान चस्मा पठाई दिनु पर्छ ।

३.
हेपाहाको कमजोर माथिको हार्दिकता कस्तो रहेछ
देखाइने दृश्य कस्तो रहेछ वास्तविकता कस्तो रहेछ
हुँडार बस्तीमा पस्दा पनि गोठाला चुईंक्क बोल्दैनन्
देखियो हाम्रो स्वतन्त्रता सार्वभौमिकता कस्तो रहेछ ।

४.
कसले मस्तिष्कमा हिंसा भर्‍यो हिसाब हुनु पर्छ
उपचारका नाममा विषादी छर्‍यो हिसाब हुनु पर्छ
कसले रोप्यो विषवृक्ष राजनीतिमा कसले हुर्कायो
गुण्डाराज कसले संस्थागत गर्‍यो हिसाब हुनु पर्छ ।

५.
अन्तर्य जे नै होस् तताए उम्लिने गाजहरू रहेछन्
जुनसुकै आवरणमा सत्तामा पुग्ने बाजहरू रहेछन्
ढल्दैछन् अगणित भारतीहरू न्याय खोज्दाखोज्दै
सत्ताका नजरमा पूजनीय उनै योगराजहरू रहेछन् ।

०००
भैरहवा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x