साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

कहिले डिस्को कहिले कत्थक तालमा हुन्छन् कहिले भट्टीतिर कहिले जुवाको खालमा हुन्छन् बास बदल्नु र गास बदल्नु धर्म हो चम्चाहरूको कहिले प्लेटमा कहिले महाजनका थालमा हुन्छन् ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
प्रकृतिले गर्भबाटै पिउने कला सिकाउँछ
फाटेको कपडाले सिउने कला सिकाउँछ
निरपेक्ष हुँदैन दुश्मनी पनि यत्ति सम्झनु
दुश्मनको प्रहारले जिउने कला सिकाउँछ ।

२.
अँध्यारोसङ्ग उनको छ उठबस के पारा हो
काम गर्ने एउटाले अर्कैलाई जस के पारा हो
चकाचौंध देखेर हुट्टिट्याउँहरूको यस्तो लाग्छ
जाँतोलाई भन्दा हातोलाई खसखस के पारा हो ।

३.
यो नठान्नुस् वेद पढ्दैमा कोही वेदान्ती हुन्छ
एक्लै साधनामा रमाउने मान्छे एकान्ती हुन्छ
जत्ति नै खन्याऊँ भर्दै भरिन्न तृष्णाको भकारी
जति धेरै तृष्णा त्यति नै मनमा अशान्ति हुन्छ ।

४.
कहिले डिस्को कहिले कत्थक तालमा हुन्छन्
कहिले भट्टीतिर कहिले जुवाको खालमा हुन्छन्
बास बदल्नु र गास बदल्नु धर्म हो चम्चाहरूको
कहिले प्लेटमा कहिले महाजनका थालमा हुन्छन् ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x