साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धमा खुसी फुलोस्, वसन्तले भुलाउँदा

देखिँदा वसन्तमा, कतै झरी डुबाउने । झारपात झोपडी, बतासले उडाउने ।। जोगिएर बागमा, बुढाबुढी खुदै हुँदा । वृद्धमा खुसी फुलोस्, वसन्तले भुलाउँदा ।

Nepal Telecom ad

चेवन बस्नेत ठूलाघरे :


हर्षले रमाउँदै, वसन्तको सवारमा
झुन्डिए गुराँसका, थुँगाहरू पहाडमा ।।
मौसमी रमाइलो, सुनाखरी झुलाउँदा ।
वृद्धमा खुसी फुलोस्, वसन्तले भुलाउँदा ।।


टोटलो र भोगटे, जताततै वनैभरि ।
फक्रिँदा पखेरीमा, खुसी हुने मनैभरि ।।
पातमा र बोटमा, सुधा स्वयम् रसाउँदा ।
वृद्धमा खुसी फुलोस्, वसन्तले भुलाउँदा ।।


नीलिमा निकुञ्जमा, कुनाकुनी जलाशय ।
टल्किएर टाकुरा, रमाउँदै हिमालय ।।
न्याउली मुनालका, सुनृत्य हेर्न पाउँदा ।
वृद्धमा खुसी फुलोस्, वसन्तले भुलाउँदा ।।


लट्टिँदै लता बुटा, मयूरका नचाइमा ।
झारपात उम्रिँदै, रमाउँदै वसन्तमा ।।
कोइली मिठासले, गला खिपेर गाउँदा ।
वृद्धमा खुसी फुलोस्, वसन्तले भुलाउँदा ।।


देखिँदा वसन्तमा, कतै झरी डुबाउने ।
झारपात झोपडी, बतासले उडाउने ।।
जोगिएर बागमा, बुढाबुढी खुदै हुँदा ।
वृद्धमा खुसी फुलोस्, वसन्तले भुलाउँदा ।।

०००
धर्मदेवी न.पा.९, पुपाँगु, सङ्खुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

चेवनचन्द्र बस्नेत
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x