साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुमा सरह नै हुन् कर्मदाता पनि

आमा बाबु र भाइ नन्द ससुरा, सासू मिलेको घर । रम्दै बस्न सकुन् सदा हँसमुखी, पूरै रमाओस् घर ।। यस्तो सौरभ बुन्दछिन् हरघडी, सासू र माता अनि । माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।।

Nepal Telecom ad

चेवन बस्नेत ठूलाघरे :

छोड्यौ जन्म दलान आज सहजै, आयौ पराई घर ।
सम्हाल्दै घरका विचार परका, फेर्दै पुरानो थर ।।
आफ्नो सद्गुण शिल्प जे छ यिनमा, सुम्पेर आमा गनी ।
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।।१।।

तिम्रै हुन् सबथोक पोइ घरका, सन्तान नाताहरू ।
तिम्रै शासनमा रमाउन सकुन्, पाका बचेरा बरु ।।
देवी हुन् घरकी समाजतिरकी, भन्दै पुकारे अनि ।
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।।२।।

आफ्नो त्यो सबथोक जे छ तनमा, सन्तानका खातिर ।
गर्दै त्याग सधैँ पवित्र मनले, मान्दै नमानी पिर ।।
लाग्यौ सेवक झैँ मिलाउन सधै, आमा तिमी नन्दिनी ।
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।।३।।

आमा भन्न सदा तयार रहनू, बस्ती हवस् वा घर ।
सेवा होस् अति उच्चकोटि तहमा, मान्दै नमानी डर ।।
यस्तो कर्म गरे समाज घरमा, आहा सबैकी उनी ।
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।।४।।

आमा बाबु र भाइ नन्द ससुरा, सासू मिलेको घर ।
रम्दै बस्न सकुन् सदा हँसमुखी, पूरै रमाओस् घर ।।
यस्तो सौरभ बुन्दछिन् हरघडी, सासू र माता अनि ।
माता यी पतिकी मुमा सरह नै हुन् कर्मदाता पनि ।।५।।

०००
धर्मदेवी न.पा. ९, पुपाँगु, सङ्खुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

चेवनचन्द्र बस्नेत
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x