साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धमायाँ

दैवको खेल यो मित्रता झाङ्गियो । दुष्टका चाहना मार्गमै बाङ्गियो ।। झस्किँदै मस्किँदै पासमा आउँदा । वृद्धमायाँ बढ्यो साथमा पाउँदा ।।

Nepal Telecom ad

चेवन बस्नेत ठूलाघरे :

शोकले भड्किँदै भोकका तापले ।
रोगमा तड्पिँदै प्रेमका रापले ।।
दौडिँदै काखमा आउँछिन् यस्तरी ।
वृद्धमायाँ सधैँ लोककी मञ्जरी ।।१।।

दुःखले बेरिँदा आँसुका पोखरी ।
छल्किए टल्किए नेत्रमा बेसरी ।।
साँझमा रातमा सम्झियो भेट्दिन ।
वृद्धमायाँ मिठो बिर्सनै सक्दिन ।।२।।

दुःखले तर्सिँदा नासियो जिन्दगी ।
प्यारमा झुम्मिँदा भासियो जिन्दगी ।।
भाग्यले जोगियो धन्न यो साँझमा ।
वृद्धमायाँ मिठो दौँतरी माझमा ।।३।।

आउँदा जोसमा बिर्सने गर्दथ्यौ ।
छाउँदा प्रेमले धाउने गर्दथ्यौ ।।
साँझमा रातमा साथमा देखिँदा ।
वृद्धमायाँ फुल्यो कर्ममा लेखिँदा ।।४।।

दैवको खेल यो मित्रता झाङ्गियो ।
दुष्टका चाहना मार्गमै बाङ्गियो ।।
झस्किँदै मस्किँदै पासमा आउँदा ।
वृद्धमायाँ बढ्यो साथमा पाउँदा ।।५।।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

चेवनचन्द्र बस्नेत
सासू र मुमा

सासू र मुमा

चेवनचन्द्र बस्नेत
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
0
Would love your thoughts, please comment.x
()
x