साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ मान्छे रहेन…

इमान बेचेर नाङ्लोमा, पसल थापेपछि ऊ मान्छे रहेन केवल, दल बन्यो ।

Nepal Telecom ad

पदम भण्डारी :

ऊ भूमिगत बन्यो, समयले बादल बन्यो
संगत बदलिँदा ऊ आफैं पागल बन्यो ।१।

वल्ला घर रहँदा ऊ, बाँसुरी बजाउँथ्यो
पल्ला घर सरेपछि ऊ, मादल बन्यो ।२।

उसका हरेक शब्द शब्द, संगीत थियो
अर्थ हराएपछि काम नलाग्ने, कागज बन्यो ।३।

हिजोसम्म उज्यालो बाँड्ने, दीप थियो
आज आफ्नै बुद्धिले धमिलो, जल बन्यो ।४।

छायाँसँग डराउन थालेपछि, एकाएक
साहसी हृदय पनि कायर, बल बन्यो ।५।

साँचो बोली बोल्न छोड्यो, अनि उसले
झूट सिकेपछि बल्ल ऊ, सफल बन्यो ।६।

कर्तुत छोप्न नक्कलीलाई, पछ्याउँदा
सबै सकियो टुकुचाको, ढल बन्यो ।८।

इमान बेचेर नाङ्लोमा, पसल थापेपछि
ऊ मान्छे रहेन केवल, दल बन्यो ।७।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x