साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढेसकालमा

आजकल यो चुनावको समयमा जिन्दावाद र मुर्दा गरेर धन्न समय काट्नु पाएको छु। एक रुपियाँको फाइदा आफूलाई नभए पनि यो पार्टी राम्रो र त्यो पार्टी नराम्रो भनेर नै दिन बिताउने भएको छु।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

धेरै गम्भीर विषय अनि मुद्दाहरूको कुरा नगर्नु यहाँ होमजाएगा चल्छ तर चल्दैन त ज्ञान अनि विज्ञानका कति कुराहरू।
यहाँ तास चल्छ ,रक्सी चल्छ ,आजकल खुब चलेको छ टिकटकका कुरा,केवल चलेको छैन त पुस्तकका बिक्री अनि अझै चलेको छैन त ज्ञान विज्ञानभित्र पसेर बात गर्ने मान्छेका कुराहरू …… खुबै चलेको लेटेस कुरा थाहा छ,आज चलेको छ नेताको पछि पछि धुपौरे भएर हिँड्नेको कुराहरू…..।

आजकल अझै चलेको छ मैसेन्जर अनि इस्टामा अरूको बुढा/बुढीसित लव गर्ने कुराहरू ।
अब दिन बित्दै गएको छ।समयले घडीको काँटा जस्तै घुमाउनु थालेको पनि चालीस बसन्त पारी भएछ।यसरी अझै घुमे त कुरा सकिगो नि।

जे होस् बुढेसकालमा कसरी समय काट्नु पर्ने के के खानु के नखानु पर्ने भन्ने विषयमा सोच्दै थिए, पछि पो याद आयो आजकल बुढेसकाल नआई महाकाल आएर टिपेर लागे कुरा सकेन त ?

बुढेसकाल त आउँदैन जस्तो लाग्थ्यो तर बाल्यकाल मात्रै कहाँ रहेछ त जीवनको चक्र।
अब यो बुढेसकाल कसरी बिताउनु भन्ने चिन्ताले खाएको बेला यसो तास खेल्नेसित पनि मेरो पारा छैन।तास अनि हिसाबले जहिले मलाई पिसाब लाग्ने भएर होला आजतक सिक्नु नसक्ने विषय मध्य तास एक हो।अब यो बुढेसकालमा मैले जस्तो दुख कसले पाउँछ होला भन्दै सोच्छु।अब तास आउँदैन सँगैको साथी तास खेल्नु बसलान तब मलाई जाऊ बुढा तिमी गाई बाख्रालाई घाँस लिएर आऊ भनेको दिन कुकुरले नपाएको दुख म पाउने रहेछु।

होइन सोचमा परेको छु, युवाकाल र बाल्यकाल त हालेर नै बित्यो।अब यो बुढेसकाललाई कता लगेर ठेगाना लगाउनु होला।यसो एउटा डायरी र झोला किनेर एक दुई कविता लेखेर म पनि यसो कवि गोष्ठीतिर जानू पर्ला तब त धेरै लन्ठाबाट बाँच्ने छु कि!अब समय नपाएको मंच तयारी गर्नु सकि भने नातिनातिनालाई मैले के गरे भनेर सुनाउने दन्तकथा पनि नरहला भने त्रास बढेकोले आजकल जुक्ति खोज्दैछु।बुढेसकाल आउनु भनेको पेन्सन खानु मात्रै होइन,यो बूढो त हावामा बूढो भयो भनेर कसैले भन्नु नसकोस।बुढेसकालमा पनि बुढोको जाँगरको चारैतर्फ बाँदरे हल्ला होस।दुईचार मान्छे उभिएको ठाउँमा एउटा जनसभा जस्तै होस्।

आजकल देशका युवा शक्ति कति खाडी र बाडीतिर भएको बेला देश हाक्ने नै बुढाहरू भएपछि मैले गफ नाथे हाँक्दा के नै पो जान्छ र?
आफ्नो देशको उर्वरतामा विश्वास नभएको हामी, अरूको देशमा ढुङ्गा फटाएर मलिलो बनाउनु निपुर्ण भएको मनले जहिले विदेशी मुद्रामात्रै ठूलो देखेपछि आजकल गाउँबाट युवा विस्तारै पलायन भएको ठाउँमा आजकल म जस्तो बुढाले हुकुम हाक्नु परेको छ।

आज गाउँ ,समाज सबै हेर्नू परेको बेला सन्जालमा म जस्तो बुढाहरूको भिउस बढेकोले तरुणीले बुढाहरूलाई ध्यान दिनु थालेको टेन्सन अलग्गै छ।आइ एम सिगल भनेर स्टाटस हाल्नु परेको कुरा घरकोले चाल मात्रै पाए पाता कसेर पिट्ने डर भएता पनि यो सन्जालमा देखावटी नै सही गर्नु परेको छ।

हुनु पनि दाह्री जुँघा पाकेर होला आजकल काली दल्नु परेको छ। फोटोमा दाह्री जुँधा देखेर कसैले नमस्ते बाजे भनिदिए मात्रै पनि मैले किनेको कालीको बदनाम हुने डर छ। एआई छ र जिन्दगी जिन्दावाद छ नभए त मरेको स्याल हुने थियो।

यसो आफ्नो नामको बाँस लेखिसक्दा पनि जवानी नगएको देख्दा छक्क पर्छु म त।यसो मठ-मन्दिरतिर ध्यान जाने समय हो भन्छन् साथी भाइ आफ्नो त खै धेरै तरुणीतिर नै ध्यान जाने भएकोले होला यो बुढेसकाल पनि हलेर जाने भयो जस्तो लाग्छ।

आजकल यो चुनावको समयमा जिन्दावाद र मुर्दा गरेर धन्न समय काट्नु पाएको छु। एक रुपियाँको फाइदा आफूलाई नभए पनि यो पार्टी राम्रो र त्यो पार्टी नराम्रो भनेर नै दिन बिताउने भएको छु। जे होस् गुण अनि अवगुण बिचमा कुन पार्टीको मासुमा नुन धेरै थियो भनेर ढुक्कले चाख्नु पाएको छु।

यति हो यो बुढेसकालमा गाउँमा हस्पिटल छैन, स्कुलमा शिक्षक छैन, गाउँमा डाक्टर छैन, आदि मूलभूत सुविधाहरू भन्नू नपाए पनि म जस्तो बुढालाई माला अनि मंच दिएर राजनीतिक पार्टीले ठूलो उपकार गरिदिएका छन्। यो चुनावी मेलामा अरु कुरा भुले पनि बुढेसकालमा एकदिन भए पनि सम्मान पाएर पाँच साल सम्म गुलामी हुने म जस्तो बुढाहरूले न गाउँ बनाउनु सक्छ न ठाउँ।

बुढेसकालले धेरै कुरा सिकाए पनि बूढो हुने कुरा सिकाउँदैन रहेछ, बूढो हुने कुरा त मस्तिष्कमा निस्केका सकारात्मक कुराहरूले सिकाउने रहेछ।

०००
सिलगढी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
0
Would love your thoughts, please comment.x
()
x