साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिहुन चखुवा

हामीले सबै कुरा जोखे पनि एउटा कुरामा जहिले चुकेका छौँ, चुनावको समयमा कुन नेता छान्ने हो हामीले भुलिपठाउँछौं अनि पाँच साल कुनै एक आवाराको हातमा देश, जिल्ला अनि गाउँ हातमा राखेर पाँच सालसम्म तालु ठोक्दै बस्छौं ।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

तिहुन चखुवा भनिन्छ के ! जसले धेरै घरमा तिहुन चाख्दै हिँड्नेलाई…
जता पुगे पनि दोष देखाउदै हिँड्ने प्रविधि भएको दुई आँखै मानुवा, जसलाई न टुप्पोको ज्ञान छ न फेदको ज्ञान छ। जसमा ज्ञान हुन्छ नि ऊ चुप बस्छ । जसकोमा ज्ञान छैन नि ऊ चैं मादल जस्तो बज्दै ज्ञान दिने प्राणीलाई तिहुन चखुवा भनिन्छ।

तिहुन चखुवा जता पनि पाहुना लाग्नु पुग्छ, जता मिठो भेट्छ उतै जान्छ।
यसलाई नेपालीमा भतुवा भने तापनि तिहुन चखुवा अनि भतुवामा धेरै अन्तर छ। भतुवा घरमा चामल भएसम्म रुगेर बस्छ। जबसम्म भातको भाँडामा भात रहन्छ तबसम्म टिकेर बस्ने प्राणीलाई भतुवा भनिन्छ। भतुवालाई मीठो नमिठो फरक पर्दैन उसलाई इज्जत, बेइज्जत केही फरक पर्दैन।

यसको विपरीत परिस्थिति अनि ठिक उल्टा, तिहुन चखुवा। तिहुन चखुवा जता पनि पुग्छ, जस्तो परिस्थिति, परिवेशमा पनि अटाउनु सक्छ। जस्तै बेइज्जत पनि पचाउनु सक्छ, जतिदिन मीठो पाउँछ तपाईंको गुण गाउँछ, यदि अलिकति खस्रो अलिकति अमिलो भेटे मात्र तपाईंको आन्द्राभुँडी सबै केलाउनुमा निपुण हुन्छ।

तिहुन चखुवा यति सिपालु हुन्छ कि यदि तपाईंको नुन वा गुण अलिकति कम मात्रै भए रातारात पार्टी चेन्ज रातारात मान्छे चेन्ज।

आजकल तिहुन चखुवाले गर्दा साहित्य जस्तो गरिमामय कुरामा पनि निकै फटफटाएर आएको छ। यो विधा लेख्दा भएन अर्को विधा, त्यो विधा भएन अर्को विधा, लास्टमा यति बिधा मिश्रण भएर आउँछ खासमा कुन विधा वा कुन विषयमा लेख्ने हो आफैं अल्झेर दुई घरको कुत्ता यता न उता भने जस्तै भएर पुस्तक निकाल्ने समयमा कुन विधाको निकालौं निकालौं भएको मैले धेरै ठाउँमा देखेको छु।
आफू छ धुरीमा गाडी छ पुरीमा भने जस्तो भएर बसेका छन्।

तिहुन मिठो जता भेटिन्छ त्यही पुगेर चाख्दै हिँड्ने मानव जमात, जसलाई न आफूले गरेको मन पर्छ न अरुले गरेको मन पराउँछ, ऊ त जिब्रोमा टेस्ट लिँदै हिँडेपछि अर्कोको घरमा उसले कालो मोसो मात्रै देख्छ।

पाहुना भएर आउँछ अनि दुश्मन भएर जान्छ। आजको वर्तमान परिस्थिति अनि राजनीति चालखेलमा अलिकति लिफामा कम भेटे रातारात पार्टी चेन्ज, सिद्धान्त चेन्ज हुने जमानामा हामी इमानदार मान्छे खोज्छौं। हामीले सबै कुरा जाने पनि हामीले सबै कुरा देखे पनि हामीले सबै कुरा जोखे पनि एउटा कुरामा जहिले चुकेका छौँ, चुनावको समयमा कुन नेता छान्ने हो हामीले भुलिपठाउँछौं अनि पाँच साल कुनै एक आवाराको हातमा देश, जिल्ला अनि गाउँ हातमा राखेर पाँच सालसम्म तालु ठोक्दै बस्छौं ।

यस्तो परिस्थितिले जन्म दिन्छ तिहुन चखुवा अनि उसले मौकामा चौका हान्छ। रातारात पार्टी चेन्ज, सिद्धान्त चेन्ज अनि लम्पसारवाद भएर उसले मिठो तिहुन खान जितेको नेताको पुच्छर समातेर पेट पाला गर्छ।

बिचारकाे लडाइँ लड्नु नसकेपछि आजकल खुब सामाजिक सञ्जालमा आफ्नो मालिकको गुण गाउने, अरुलाई तल देखाउने होचो बिचारलाई यताउता गरेर सगरमाथा बनाउन निपुण भएर तिहुन चाख्दै हिँड्ने मानिसको भीडमा परे उठ्नु साह्रो पर्छ ।

०००
सिलिगुडी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
भर नभएको रहर

भर नभएको रहर

कृष्ण शर्मा सुमु
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x