साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म देश मान्दिन !!

निधार धारका धर्म बकम्फुसे न छन् त्यता न भ्रष्ट भारका नेता निरङ्कुश न छन् त्यता ! इन्द्रेणी जूनका साथ घामका दिनरातको समग्र विश्व नै देश विना जात र भातको !!

Nepal Telecom ad

कलानिधि दाहाल :

देशको भक्तको भित्तो झुन्डिदैन कतै मन
समुद्रको किनारामा म छुन्न एउटा कण !
टेके टेकिन्छ सम्पूर्ण बालुवा जति छन् त्यति
एउटा कण पक्रेर कहाँ पोलिन्छु भत्भती !!

घर सङ्कीर्णको सानो परिवार उही यता
नाताकुटुम्बका घेरा स्वार्थै स्वार्थ जतातता!
अभिमान अझै अग्लो जो आफैँ छ विनाशक
देशभक्त हुने हुन्छन् पाऊँ भौतिक आशक !!

खोचबाट उठे मात्र शैल देखिन्छ सुन्दर
तारा आकाशमा झुल्छन् रात पारेर सुन्दर !
सीमाभित्र कहाँ झर्छ घामको ज्योति सुन्दर
विराट्विश्व भए एक सर्व सुन्दर सुन्दर !!

फूलको वासना हुन्न फैलिने एक विन्दुमा
ज्वार छल्कन्न ताकेर विन्दु हेरेर सिन्धुमा !
मान्छे सच्चा भए मान्छे सीमा चाहन्न देशको
समग्र अग्र अस्तित्व एउटा हुन्न भेषको !!

उही हावा उही पानी यातायात उही उही
उनै आकारका कार अविदित उही उही !
उही मान्छे उही चोला जम्मै मन उही उही
एक उस्तै भए अर्को देश भिन्न छ यो कही ??

भक्तका भाटले भिन्न भन्दै चम्का लगाउँछन्
विभेदका सबै भाव भाँडा भात पकाउँछन् !
भाइ भोको यता रुन्छ दाजु डकार्दछन् उता
एक आँसु छ यो झर्ने अर्को हाँसो जतातता !!

एक नाङ्गो छ यो आङ अर्को आङ छ वाफको
एक सडक यो रुन्छ अर्को महल साफको !
एक यो शिरमा थाप्छ हिउँको शीत झर्दछ
भो भो यो देश चाहिन्न यसैले भेद गर्दछ !!

उल्का उदारको आँखो साझा शावकको घर
पाइला ठम्ठमी हिँड्ने छन् पाखा कति सुन्दर !
न देशको त्यता चिन्ता न जातपात हल्चल
जम्मै जात सँगै खेल्ने साझा सौन्दर्यको स्थल !!

निधार धारका धर्म बकम्फुसे न छन् त्यता
न भ्रष्ट भारका नेता निरङ्कुश न छन् त्यता !
इन्द्रेणी जूनका साथ घामका दिनरातको
समग्र विश्व नै देश विना जात र भातको !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Hari Bhakta Sigdel
Hari Bhakta Sigdel
6 months ago

संकिर्ण ती घेरा भित्र रमेका देवता बने
सृजना शक्ति देखेरै महाकवि उहिल्यै भने ।

Mina Pokharel
Mina Pokharel
6 months ago

तितो यथार्थमा आधारित अति सुन्दर कबिता मामाश्री!!हार्दिक बधाई हजुर लाई !🙏🙏🌹🌹❣️

Balkumar chhetri
Balkumar chhetri
6 months ago

निधार धारका धर्म बकम्फुसे न छन् त्यता
न भ्रष्ट भारका नेता निरङ्कुश न छन् त्यता !
इन्द्रेणी जूनका साथ घामका दिनरातको
समग्र विश्व नै देश विना जात र भातको !

वाह गुरुवर ।🙏

Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
3
0
Would love your thoughts, please comment.x
()
x