साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सृष्टि यो हुन्छ खाली !!

अचल चल चलेको हुन्न कोही कसैको अबल बल बलेको हुन्न कोही कसैको ! गति अगति उठेको हुन्न अस्तित्वशाली नभ किरणविनाको सृष्टि यो हुन्छ खाली !!

Nepal Telecom ad

कलानिधि दाहाल :

गिरिवन पहराका माथि आकाश गङ्गा
मुसु मुसु मुसु हाँस्ने सूर्यको ज्योति चङ्गा !
तप तप तप तातो ताप झारी रहेको
समगुण अति सच्चा शीत फारी रहेको !!

दिनभर तन चौडा विश्वब्रह्माण्ड प्यारा
जनमन दिल साँच्चै नित्य छर्ने सितारा !
सबल अबल आफैँ चाहँदा मेघमाथि
जगभर पर भर्ने साथ राखेर साथी !!

अजङ भयविनाको छैन कैले छ भारी
मरुमय जग चुम्ने ताप ज्यादा उतारी !
पथपल कति बग्ने हुन्छ सञ्जीवनीमा
मिरमिर छ बिहानी सौम्यको आँगनीमा !!

स्तुतिसँग न त कैल्यै हिँड्छ जोडेर हात
चमक धमक धम्का झुक्न सक्दैन साथ!
न त छ नयन रौसी भौतिकी भोक बोक्ने
न छ मन हलुका व्यङ्ग्यका वाण ठोक्ने !!

अविदित अझ ढाकी आदि यो नै अनन्त
विदितवय मुसारी हेर्छ सारा दिगन्त!
तनसँग यसमा छन् सप्तरङ्गी तरङ्गी
भुवनभव भकारी भावका अङ्ग अङ्गी !!

असल कवि भएमा दिन्छ ओर्ली सिरानी
मधुरसभर प्याला एक नौलो कहानी !
झर झर झरनाको कल्पनाको बिहानी
रविकिरण कलाको शिल्पको यो जवानी !!

पलपन जन हुन्नन् सास फेर्ने धरामा
दिनधन तन हुन्नन् आस हेर्ने गरामा !
स्फुरित हरित हुन्नन् भाव कोही भलामा
रविकिरण विनाका शून्य हुन्छन् थलामा !!

अचल चल चलेको हुन्न कोही कसैको
अबल बल बलेको हुन्न कोही कसैको !
गति अगति उठेको हुन्न अस्तित्वशाली
नभ किरणविनाको सृष्टि यो हुन्छ खाली !!

सरस रस मिठो रासका रासमाथि
सम रस अझ मिल्ने रोसनीको छ साथी !
अलप भइदिएमा छैन संसार सार
असल सल सजेको सूर्य नै अपार !!

०००्र
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x