साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोलि उस्तै यिनै हुन्छन् !!

तर मानिसमा पर्ने मान्छेको मन आकृति सत्ता सोच हुँदै हुन्नन् भए असलका मति ! डाहका मोहले मात्र खोज्दछन् यी धुरा छुन चोरस्वर बनी चौडा भेडाका भिडमा हुन !!

Nepal Telecom ad

कलानिधि दाहाल :

म लेखूँ जिन्दगानी यो नदेख्ने जिन्दगी सब
छँदै छ देखिने सामु लेखिनेमा छ गौरव !
पालुवा बोट देखिन्छन् कहाँ खै उम्रिने बिउ
नाम तन हुँदै ह्वैनन् सच्चाइभित्रका जिउ !!

नुहेको फलको हाँगो आँखामै हुन्छ लड्किने
विश्वास यसमै गर्दा मन यो हुन्छ भड्किने !
चर्मका बाहिरी खेल क्षणका क्षण तस्बिर
सर्वस्व तनका ठान्ने मान्छे हुन् जडका घर !!

यिनै बाहिर उफ्रिन्छन् मोजका भोज खोज्दछन्
ज्वाला बाली यिनै उग्र आगो यो दृश्य झोस्दछन् !
सभ्यता बाल्दछन् मत्त उन्मत्त माद छर्दछन्
भ्रष्ट सत्ता पुगे छेउ छाउमा मक्ख पर्दछन् !!

भट्टी निरीहका जाँड बेचुवाका घडा जल
आगोबाट पुगे कुर्सी ठान्छन् शीतल शीतल !
हिजो यसै गरी आए फालिएका सबै कुरा
थिए छिचिमिरा अस्ति अहिले छन् तिनै भुरा !!

भोलि उस्तै यिनै हुन्छन् राज्यको हुन्न यो भर
उन्मादीहरूको अग्लो राज्य हो दरिलो चर !
मृत्युका मुखमा हात केश सेता हुने पनि
बहानाभित्र घुम्दै छन् जस्तै पत्थर जीवनी !!

केटाकेटी सबै उस्तै गर्छन् नाटक छन् नयाँ
बिस्तारै गति हो उस्तै रछानका हुने बियाँ !
लोभलालसका घेरा फेरा बेर्छन् अझै बढी
फर्सी छन् कुहिने चाँडै अहिलेका सिँढी चढी !!

सत्ता नै हुन्छ पाखन्ड जो जता बस्न पुग्दछन्
भ्रष्टका भाङका भात पाउमा सब घस्दछन् !
जब लाग्छ यता आगो टुकुचा यी गनाउँछन्
गजक्क उक्लिने हुन्छन् ओर्लिने गन्गनाउँछन् !!

सत्ता खोज सबै उस्तै भिखारी भ्रष्ट पामर
त्यता लाग्ने कसैलाई नठान्नु सत्य सुन्दर !
चाकरका सबै लाम राज्य नोकरका घडा
छोएझैँ सिस्नु उफ्रिन्छन् ठान्छन् सान बडाबडा !!

तर मानिसमा पर्ने मान्छेको मन आकृति
सत्ता सोच हुँदै हुन्नन् भए असलका मति !
डाहका मोहले मात्र खोज्दछन् यी धुरा छुन
चोरस्वर बनी चौडा भेडाका भिडमा हुन !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x