साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धुलाईका प्रकारहरू

धुलाई खेलमा महिलाले पुरूषलाई धुलाई गर्ने परम्परालाई सीतारामधुलाई भन्ने गरिएता पनि यसले ओलम्पिक र वर्ल्ड कपमा मान्यता भने पाइसकेको छैन ।

Nepal Telecom ad

संप्रस पौडेल :

सृष्टिको सुरूवातदेखि नै रिसारिस, कुटाकुट र भकुराभकुरमा पुरूषहरू निकै अगाडि छन् । यसैले पुरूषहरूबिच रामधुलाई, हनुमान धुलाई र धोबीधुलाई तथा ज्वाइँधुलाई जस्ता मौलिक धुलाईहरू संसारभर विभिन्न नाममा प्रचलित छन् ।
धुलाईका लिखित दस्तावेज नभएता पनि धुलाई श्रुतिस्मृतिअनुसार केही प्रकार यस्ता रहेका छन्ः
क. राम धुलाईः बाउले छोरालाई भुत्ते लात्तैलात्ताले ठोके भने त्यस्तो धुलाईलाई रामधुलाई भनिन्छ ।
ख. हनुमान धुलाईः रेसलर, बक्सरहरूले अर्को उस्तै बलियामाथि हातखुट्टा बजारे भने त्यसलाई हनुमान धुलाई भनिन्छ ।
ग. धोबी धुलाईः लुगा धुने पेसाका परम्परागत शिल्पकर्मीहरूले खरानीमा पकाएका लुगालाई अजङ्गका ढुङ्गाहरूमा पछार्ने र मैलो फाल्ने कामलाई धोबीधुलाई भन्ने गरिन्छ ।
माथिका धुलाईहरू परम्परागत समयदेखि चल्दै आएका हुन् । यसमाथि थुप्रै किम्बदन्तिहरू पनि रहेका पाइन्छन् । केही यस्ता रहेका छन्:

क. रामले आफ्ना बाँदर सेनाहरूमार्फत् लङ्कामा धुलाई गरेका गतिविधिलाई बोलिचालीमा रामधुलाई भन्न सुरू भएको हो ।

ख. हनुमानले रामका विरोधीहरूलाई पाहा पछारेजस्तो पछारेकाले त्यो गोदाइलाई हनुमानधुलाई भन्ने चलन चलेको बुढापाकाहरूको भनाइ रहेको छ ।

ग. रामका अघि लाउडस्पिकरमा लुगा धुने पेसाकर्मीले सीताका बारेमा तथानाम बोल्दै लुगा पछारेपछि धोबीधुलाई भन्न सुरू भएको हो ।

धुलाईबारे यति धेरै चर्चा भएता पनि लङ्का जलाउँदा पेट्रोलियमको प्रयोग भए नभएको बारे इतिहासमा चर्चा भएता पनि कुनै कारबाही भने भएको पाइँदैन । यसरी घटनापछि खरानी जाँच्ने काम परापूर्वकालदेखि नै भारतमार्फत् हुने भएकाले समेत यसको नतिजा सार्वजनिक नगरिएको बुढापाकाहरू बताउँछन् ।

धुलाईको इतिहास खोतल्दै जाँदा अर्को ऐतिहासिक धुलाई सीताधुलाईबारे बेलाबेला चर्चा हुने गरेको छ । महिला महिलाबिचको जुधामारी र कोपराकोपरलाई सीताधुलाई भन्ने गरिन्छ । झट्ट सुन्दा महिलाद्वेषी जस्तो लागे पनि समता र समानताको हिसाबले यस धुलाईलाई मनोरन्जनका रूपमा मात्र लिँदै जोगाइराख्नु पर्ने अग्रजहरूको भनाइ रहेको छ । सीताधुलाई अन्तर्राष्ट्रियस्तरमैँ प्रचलनमा रहेता पनि सामान्यतया संसारभर पुरूषहरूकै कारणले ठुलाठुला युद्ध निम्तिने हुने हुँदा यसलाई स्थानीय खेलअन्तर्गत हेर्ने गरिन्छ ।

जानकारहरू बताउँछन्- सीताधुलाईमा मूख्यतः कपाल भुतल्ने कामले प्रश्रय पाउँछ । साथै यस खेलमा नङले कोतरकातर गर्नुलाई खेल भावना र नियमविपरित मानिन्छ ।

सीताधुलाई सम्बन्धमा किम्बदन्ती के रहेको छ भने सीताधुलाई हुनका लागि न्युनतम ५ सेकेण्डसम्म विपक्षीको जगल्टा केलाउँदै एकमुठी कपाल उखेलेको हुनुपर्छ । निर्णायकहरूले कपाल गनेर ५०१ भन्दा बढी भएमा अङ्क प्रदान गर्न सक्नेछन् । खेलमा पुरूषहरू निर्णायक रहने प्रचलनले गर्दा यो खेल विवादित बन्दै आइरहेको छ ।

धुलाई खेलमा महिलाले पुरूषलाई धुलाई गर्ने परम्परालाई सीतारामधुलाई भन्ने गरिएता पनि यसले ओलम्पिक र वर्ल्ड कपमा मान्यता भने पाइसकेको छैन ।

योगदिवसका लागि भारतले, आरोग्य दिवसका लागि नेपालले गरेको अगुवाईलाई राष्ट्रसङ्घले मान्यता दिएपछि यस खेललाई समेत अन्तर्राष्ट्रियस्तरमा प्रचलनमा ल्याउन नेपाल सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । जदौ ।

०००
(लेखक पौडेल सिस्नुपानी नेपाल मकवानपुरमा आबद्ध हुनुहुन्छ ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x