साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शीतल जल र तातो खुराक

तर यहाँ त सीधा उभिएका अहङ्कारहरू छायाँ नै खान खोज्छन् । जलले टाउको भिजाउँछ, व्यङ्ग्यले चेत भिजाउँछ- अनि प्रश्न गर्छ- “कहिले शीतल हुन्छ देश ?”

Nepal Telecom ad

प्रा.डा. पशुपति फुयाल :

जुडशितल आयो-
टाउकोमा जल, मनमा हलचल,
तर राजनीतिज्ञको बोली अझै उस्तै तातो !
आमाको करुवाले झैँ
शीतल जल झर्छ निधारमा,
तर नेताको वाचा भने
मरुभूमिको मृगतृष्णा-
छुन खोज्दा झन् टाढा भाग्छ ।
हामी निहुरिन्छौँ- आशीर्वादका लागि,
उनीहरू निहुरिन्छन्- कुर्सीका लागि;
हाम्रो टाउकोमा जल,
उनीहरूको हातमा खेल !
जुडशितलको जल जस्तो
शुद्ध हुनुपर्ने थियो शासन,
तर यहाँ त पानीमै पनि
मिसिएको छ स्वार्थको रङ-
कुनै निलो, कुनै कालो,
कुनै अदृश्य धूलो जस्तो दलदल ।
बुबाको हातको शीतल स्पर्श
आशीषको आकाश हो,
तर मन्त्रीको हातको स्पर्श
करको करेन्ट !
“शीतल बन, शान्त बन,”
आमाको मन्द स्वर गुञ्जिन्छ,
तर मोबाइलको स्क्रीनमा
भाषणको तातो बाढी-
जुन सुनिरहँदा
कान पनि पसिनाले भिज्छ ।
हामी खेतका बोटझैँ
पानीको प्रतीक्षामा उभिएका,
उनीहरू बादलजस्ता-
गर्जन्छन् धेरै,
बरसिन्छन् कम ।
जुडशितलले सिकाउँछ-
निहुरेर मात्र शीतलता पाइन्छ;
तर यहाँ त सीधा उभिएका अहङ्कारहरू
छायाँ नै खान खोज्छन् ।
जलले टाउको भिजाउँछ,
व्यङ्ग्यले चेत भिजाउँछ-
अनि प्रश्न गर्छ-
“कहिले शीतल हुन्छ देश ?”
हामी हाँस्छौँ-
यो हाँसो आँसुको अर्को रूप हो,
जुन जुडशितलको जलसँग मिसिएर
बन्छ-
शीतल व्यथा,
तातो व्यङ्ग्य,
र मौन क्रान्तिको अङ्कुर ।

०००
२०८३/०१/०२
जुडशितल पर्व, सिरहा, मधेस प्रदेश, नेपाल ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x