फित्काैली डटकमबाउको बिँडो धान्ने रे
जन्ते बाख्रो खाएर अन्तै जाँदा बल्ल चाल पाएँ आफन्तलाई हिर्काएँ परायालाई खिर ख्वाएँ आखिरमा जिल्लाराम लाको माला उतै मिल्काएँ ।

भैया बुढाथोकी
जान्नेलाई नछान्ने रे बाउको बिँडो धान्ने रे
नमान्नेलाई शूरवीरले छवाट्ट पारी खुँडा हान्ने रे
टाउको छाम्दा सारो छ पेट छाम्दा गिलो छ
बसुँ भने पिलो छ सारा शरीर थिलोथिलो छ
जता हेऱ्यो निलो छ कपडामा हिलो छ
साढेसातको दशा छ नत बिलो नत जिलो छ
जान्नेलाई नछान्ने रे बाउको बिँडो धान्ने रे
नमान्नेलाई शूरवीरले छवाट्ट पारी खुँडा हान्ने रे
हरि ॐ तत्सत् विष्णु विष्णु विष्णु छ
डन्ठीमा भोट हाल्नेको सिलौटोमा औंला थिच्नु छ
ऐले पानीसिस्नो छ आगे चुनाव जित्नु छ
अल्गोरिदम गधाको राम्रोसित फोटो खिच्नु छ
जान्नेलाई नछान्ने रे बाउको बिँडो धान्ने रे
नमान्नेलाई शूरवीरले छवाट्ट पारी खुँडा हान्ने रे
सूर्यमुखी फूलमाया यतिखेर निर्माया
जन्ते बाख्रो खाएर अन्तै जाँदा बल्ल चाल पाएँ
आफन्तलाई हिर्काएँ परायालाई खिर ख्वाएँ
आखिरमा जिल्लाराम लाको माला उतै मिल्काएँ
जान्नेलाई नछान्ने रे बाउको बिँडो धान्ने रे
नमान्नेलाई शूरवीरले छ्वाट्ट पारी खुँडा हान्ने रे
०००
बूढानीलकण्ठ नगरपालिका – ८
हात्तिगौंडा काठमान्डौ
Subscribe
Login
0 Comments
Oldest