साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो बचाऔँ अस्मिता

किल्ला छ हाम्रो चौदिशा जोगाइराखौँ श्रेष्ठता लोभी र पापी छन् भने ठानिन्छ घाती तिक्तता सम्बन्ध राम्रो बन्नुमा चाहिन्छ आस्था शिष्टता भूभाग वैरी ताक्दछन् हाम्रो बचाऔँ अस्मिता ।

Nepal Telecom ad

दुर्गा घिमिरे :

नेपाल हाम्रो स्वर्ग हो आजन्म राखौँ वीरता
संस्कार हाम्रा भिन्न छन् भेटिन्छ हाम्रो धीरता
आँखा नलागोस् राष्ट्रमा वैरी नआऊन् ती यता
भूभाग वैरी ताक्दछन् हाम्रो बचाऔँ अस्मिता ।१।

संसार हेर्ने टाकुरा सौन्दर्यशाली वैभव
साँचेर पुर्खादेखिको सद्भाव हाम्रो पौरख
विश्वासघाती शत्रुले बुझ्दैन हाम्रो सभ्यता
भूभाग वैरी ताक्दछन् हाम्रो बचाऔँ अस्मिता ।२।

झुक्दैन हाम्रो माथ यो शैलेन्द्र जस्तै उच्च छ
मैना र डाँफे कोइली गाना र राम्रो नाच छ
रक्षार्थ हाम्रो राष्ट्रको जोगाइराखौँ सम्पदा
भूभाग वैरी ताक्दछन् हाम्रो बचाऔँ अस्मिता ।३।

किल्ला छ हाम्रो चौदिशा जोगाइराखौँ श्रेष्ठता
लोभी र पापी छन् भने ठानिन्छ घाती तिक्तता
सम्बन्ध राम्रो बन्नुमा चाहिन्छ आस्था शिष्टता
भूभाग वैरी ताक्दछन् हाम्रो बचाऔँ अस्मिता ।४।

सद्भाव आस्था सर्वदा बोकेर हिँड्दा आत्ममा
रक्षार्थ सीमा साँधमा सोचेर राम्रो कामना
देखिन्छ हाम्रो राष्ट्रमा बढ्दै छ सीमा तिक्तता
भूभाग वैरी ताक्दछन् हाम्रो बचाऔँ अस्मिता ।५।

०००
शिक्षिका। मध्यपुर ठिमी नपा-०२, सानोठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x