साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक सुधी, कुरो गुदी !

राजा "व्यक्ति होइन, प्रवृत्ति हो। गिरिजा राजा, प्रचण्ड राजा, ओली महाराजा, शेर राजा, सबै राजा। जसको शक्ति उसको भक्ति, जसले हान्यो उसले जान्यो !

Nepal Telecom ad

धनराज गिरी :

चिया पसल, केही देखिने असल, अतरिया, चियावाली बैतडीकी गोरी, झुमा, उमेर ३३, अयुग्म। प्रियदर्शिनी! भीड। आयो आज त्यो क्षेत्रको “अजासु बजासु बौद्धिकताको ओभर डोज” घमण्डनाथ खत्री। अरू भारेभुरे। गफ सुरु, ईश्वरा सिवा,विचार कि बजार,साहित्य, कमोडिटी, हाटकको नाटक, भाद्र २३ र २४, फागुन २१, इलाम,भोजन, अवाञ्छित लघुकथा,कुन्नि को हो प्रोफेसर भिखारीलाल सुधी अकडोश्रीको फेसबुके लीला,अनि राजनीति।

“हामीले खोजेको के हो ? ” शीतल गिरी, महेन्द्रनगरवाले। “मुड्की!” दिल्लीराज अर्याल, जुम्लाका। “साहित्य किन यति सस्तो भयो ?” खडानन्द ढकाल, कर्णाली । उज्यालो अनुहार बनाएर एक अपरिचित अनुहार, रमाकान्त कोलोराडोश्री,” पानीले आफ्नो सतह आफैं मिलाउने छ।” त्यसपछि घमण्डनाथ खत्री, ४३ मिनेट बोल्यो, बकम्फुसे, कसैले पनि वास्ता गरेनन्। कमल अर्याल मिलापत्रवाले सिलापत्र पण्डित, दैलेखी, “उहाँ एक सुधी जन, हाम्रो लागि पाहुना, मकवानपुर हटिया दाबिलेबाट आउनुभएको, नाम “प्रोफेसर बौद्धिकराज विवेकीप्रसाद जयनेपालेश्वर ज्ञानी मिस्टर ६४ पदमपुरे” उहाँको कुरा सुन्ने कि ?” एक सुधी, कुरो गुदी !” पक्का, रूप होइन, सार बोल्ने, सद्गुरुजस्तै। मौका दिने ?”

सबैले नयाँ अनुहारतिर हेरे। आकर्षक व्यक्तित्व, उज्यालो अनुहार, मुस्कानमय,तेजिला नयन,सम्मोहनकारी, सरलताको सगरमाथा ! “हुन्छ, हुन्छ, सरको कुरा सुन्ने !” भीमबहादुर बस्नेत, सुर्खेतबाट ।

“देश बन्नुपर्छ, एक, यो बन्ने काम,Growth,Progress, Development के हो ? बुझ्ने, परख गर्ने! देश बन्न हरेक नागरिक अनुशासनमा रहनैपर्छ। कमाउनेले कमाउनैपर्छ। साहित्यको चिन्ता नगर्ने! समालोचकहरू निन्दक नहुने, भाट नहुने ! चिन्तन गर्ने। यति बुझ्ने,साहित्य भीडको वस्तु होइन। राजनीति यस्तै हो। राजतन्त्र कहिल्यै पनि जान्न। दरबार फेरिने मात्र, राजा एक जाने, १००० आउने !” राजा “व्यक्ति होइन, प्रवृत्ति हो। गिरिजा राजा, प्रचण्ड राजा, ओली महाराजा, शेर राजा, सबै राजा। जसको शक्ति उसको भक्ति, जसले हान्यो उसले जान्यो !

कनकशक्ति, महाशक्ति, अति छली, कलि हो कलि ! सबै बिक्ने ! बिक्न विवश ! त्यो आरोप अरूलाई नलगाउने जुन दोषबाट आफू मुक्त छैन, नकच्चरोको काम हो। दुनियाँ यस्तै हो। कर्मयोगी हुने ! मज्जाले कमाउने,त्यही हो लोकतन्त्र ! गणतन्त्र संस्कार हो। सबैले सबैको अस्तित्व स्वीकार्ने !

यतिले पनि केही नलागे पुर्वेली विद्वान् “करफोके” नरहरिनन्दन, शिक्षकमित्र, भोजनको पारखी “किरणका त केशश्री अधिकारी यायावरेको कुरा सुन्ने, रामबाण ! उहाँकै कारणले चितवने अराजक फेसबुके सहस्र पोस्ट प्रदायक सन्देशी प्रोफेसर” अजेयराज राज बमबम भोले धनराजेश्वर गिरोपाध्याय तह लाग्यो। सुन्ने सुन्ने, ठेकेदारजीको कुरा ! आफ्नो भलाइको विचार आफैं गर्ने!यहाँ कोही कसैको सती जान्न !” प्रोफेसर,एक सुधीको गुदी कुरो, सबै सम्मोहित। बैठक उठ्यो।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x