साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दलिय फाइदा र साँढेजात्रा

तपाईं दलीय साँढेपन देखाउँदै हेपाहा, मिचाहा, पिराहा, लुटाहा र धुताहा जुनसुकै शस्त्रास्त्र र अस्त्रास्त्र प्रयोग गर्न सक्नुहुन्छ ।

Nepal Telecom ad

संप्रस पौडेल

साँढेहरुको नयाँ नेपालमा गाइजात्रा धुमधाम मनाइँदै छ । पहिला पहिला गाइजात्रा मनाइए पनि समयको माग अनुसार नेपाली राजनीतिमा साँढेहरु नै हावी भएकोले हामी भने साँढेहरुका काला कर्तुतको चर्चा गर्दै साँढे जात्रा मनाउँनतिर लागौं ।

आजकल साँढेहरु शहरका चोक चोक र गाउँका गोठगोठबाट उठेर राजधानीका बल्खु, महाराजगञ्ज, पेरिस डाँडाँ, शितल निवासतिर लागेका छन् । अर्थात् साँढेहरु आ–आफ्नै दल खोलेर बलियो भएका छन् ।

भोगेकै कुरो हो, कुरोभन्दा ठूलो चुरो हो, बडेमानको जुरो हो, दलमा नलाग्ने बबुरो हो, भुरो होस् या बुढो होस् साँढेहरुका दलमा लाग्नु जतिको फाइदा अरुलाई छँदैछैन । दल तपाइको अभिभावक हो र तपाइको सेवक हो । चाहे तपाई बालाई लात्ती हान्नोस्, चाहे आमालाई भुत्ल्याउनोस्, चाहे शिक्षकको टाउको फोर्नोस्, चाहे अर्काकी स्वास्नी चोर्नोस्, बाख्राको खोर भत्काउनोस् कि राजाको दरबार लडाउनोस्, दल तपाइको पक्षमा छ भने तपाईलाई बाँचुञ्ज्याल कसैले आँखा तन्र्र्याछैन भनी भानुभक्त बाजेले उहिल्यै भनेका ।

जसको शक्ति, उसको भक्ति भनेभैंm शक्तिमा हुनेको पुकार गर्नाले तपाइको उपकार हुन्छ भन्नु नै दलिय सरोकार हो, उसको विरुद्ध कसैले आवाज उठायो भने त्यसलाई बेकार तुल्याउँदै तासको जोकर बनाउन सक्नु नै दलीय फाइदाको परोपकार पनि हो ।

आजकल एउटै ज्यान महिनैपिच्छे दल फेर्छन् । जता हुन्छ दल, त्यता हुन्छ छल भन्ने भनाई त्यसै बनेको पनि होइन । त्यसो त बल र छल एक अर्काका परिपूरक पनि हुन् । जसलाई नेपाली शब्दकोषले मान्यता नदिए पनि साँढेहरुका दलीय स्वार्थतन्त्रले बढावा दिएकै छन् । यसैले नेपाली राजनीतिमा गाइजात्राभन्दा साँढेजात्रा हावी छ ।

दलको लागि चन्दा भन्नोस् कि कालोधन्दा भन्नोस्, दल चलाउन र कार्यकर्ता भुलाउन नभै नहुने अचुक ओखती भ्रष्टाचार हो । यो अकूत कमाउनेहरुमा साँढेहरु नै ज्यादा छन् । सम्पत्ति कमाउनु, विदेशमा शयर गर्नु, प्राधिकरण र आयोजनाबाट प्राडो उपहार पाउनु र दिनदिनै खसी लडाउनु अनी सम्पत्ति लाखबाट करोड, करोडबाट अरब बढाउनु, घरको तला दुईबाट चार, चारबाट आठ बढाउनु आदी साँढेहरुका दलीय फाइदाको ज्वलन्त उदाहरण हो ।

चाहे चर्च भत्काउन जुट्नोस, चाहे मस्जिदमा भक्तजनलाई चुट्नोस्, चाहे मन्दिरमा मुत्नोस् तपाइको पछि दल भए इन्द्रको बाउ चन्द्र आए पनि कारबाही गर्न सक्ने होइन । दलको धोतीलाई मोती मानेर शिरोधार्य गर्नु भएको छ भने गजाधर सोतीलाई कजाउनोस् कि बयोवृद्ध थोती बज्यैलाई बजाउनोस् दलले तपाइलाई सक्रिय कार्यकर्ताको बिल्ला भिराएर बर्षैभरी सम्मान गरिरहनेछ । यसपछि तपाइको औकात पनि कुनै साँढेभन्दा कम हुने होइन ।

चाहे अर्काकी स्वास्नीको ओछ्यानमा सुत्नोस्, चाहे पूजा गर्ने ठाममा चुठ्नोस्, भाउजुको हातबाट बच्न र बुहारीको श्रापबाट पच्न दलहरुले धेरै सहयोग गर्छन् । दलमा लाग्नुको फाइदा हेर्दा टेलिसपका सामान, ग्रिन टि, स्लिम टिभन्दा ज्यादा छन् । तपाईं दलीय साँढेपन देखाउँदै हेपाहा, मिचाहा, पिराहा, लुटाहा र धुताहा जुनसुकै शस्त्रास्त्र र अस्त्रास्त्र प्रयोग गर्न सक्नुहुन्छ ।

कसैको अङ्ग काट्नोस् कि रगत चाट्नोस्, आफ्नै सन्तान छाँट्नोस् कि प्रहरीलाई ढाँट्नोस् दलमा लाग्नु भएको छ भने तपाईलाई खुल्ला बजारमा घोरे आँखाले हेर्ने आँट कसैले गर्नै सक्दैन । नपत्याए हेर्नोस् न साँढेहरुको कृयाकलाप ।

ठेक्कापट्टादेखि गोलीगठ्ठासम्म, साँधको झगडादेखि बाँधको बखेडासम्म, आइमाइको अस्मिता लुुट्नेदेखि दाइँमा गोलीले भुट्नेसम्म, भन्सार छल्नेदेखि हाकिमलाई मोसो दल्नेसम्म, अर्काको घर जलाउनेदेखि नक्कली नोट चलाउनेसम्म, बैङ्क टाट पार्नेदेखि व्यापारीलाई घर न घाटको पार्नेसम्मलाई दलको आवश्यकता खट्किरहको छ ।

जिउँदो मानिसलाई घाटमा पुर्याउनोस्, दलले मर्यो भनेपछि मर्यो । न डाक्टरको सिफारिस चाहिने, न पत्रकार नै पुग्न पाइने । झुण्डेर मर्नेलाई शहिद बनाउनेदेखि उडुसले टोक्नेसम्मलाई सहानुभूति दिनु नै दलको मुख्य एजेण्डा हुन थालेको छ । रुघा लागेर अस्पताल पुग्ने र पेट काटेर पाइखाना कुद्नेसम्मलाई अग्रिम श्रद्धाञ्जली अर्पण गर्ने विशेषता रहेको दलमा लागेर जति धेरै फाइदा लिन सक्यो उती नै नयाँ नेपालको लोकतान्त्रिक दलिय कार्जेकर्ता कहलाउन कसलाई रहर छैन र ?

कार्जेकर्ता हुनोस् कि नेता हुनोस्, प्रधानमन्त्री हुनोस् कि राष्ट्रपति हुनोस्, कर बढाउनोस् कि बाउको शालिक ठडाउनोस्, चाहे हरियो डाँडाँलाई खोरिया खनाउनोस्, चाहे आधा दर्जनलाई दोजिया बनाउनोस्, जुवामा हार्नोस् कि किसानलाई मार्नोस्, पाँच तारेमा खानोस् कि भट्टीमा जानोस्, शुलीमा जाक्नोस् कि विदेश भाग्नोस्, अकूत कमाउनोस् कि विदेशमा जमाउनोस्, दलमा लागेर यी सबै काममा शतप्रतिशत छुट हुनु नै नयाँ नेपालका साँढेतन्त्रवादी दलीय फाइदा हो ।

जेल तोड्नोस् कि नेल फोड्नोस्, अग्रगमन हिँड्नोस् कि प्रतिगमन फर्कनोस्, अफिम खानोस् कि स्म्याक्स हान्नोस्, छाडा छान्नोस् कि छोरीबुहारी तान्नोस्, विचार खोल्नोस् कि इँजार खोल्नोस्, दलको छायाँ नै तपाइको निर्दोषिताको ठूलो प्रमाण बन्नेछ । कहिल्यै नठान्नोस् नयाँ नेपालमा निर्दलीयहरु दलीय हुन्छन्, बरु दलीयहरु भने निर्दयी ….इइय हुन्छन् । साँढेजात्राको अवसरमा ‘नयाँ नेपाल’ का साँढेवादी दलमा आजै सहभागी नयाँ साँढे हुनोस् र लुट्नु लुट्नोस् । अस्तु ।

०००
हेटाैँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x