साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोक्रा महान् बन्दछन्

गुन्डा चोर दलाल भ्रष्ट जति छन् बस्छन् गलैँचातिर विद्वान् सज्जन शिष्ट सभ्य जन ती पुग्छन् फलैँचातिर अन्धा कानुनको हुँदैन भर नै छन् साधु ती जेलमा साँढे मस्त भए पुगी सदनमा उत्ताउलो खेलमा ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

खोज्दा गोरु लगाउँछन् कति यहाँ गौमाथि राँगो पनि
मान्छे मख्ख परे दिने छ दुध हा ! ब्याएर डाँगो पनि
केही कर्मविनै त्यसै रहरले खोज्छन् मिठा जो फल
मान्छेको मन छैन आज किन हो चोखोनितो निर्मल ।

जो रोप्छन् धतुरो तिनै सुजनले रोज्छ्न् खुवा सुन्तला
आफ्नैले पनि रेट्दछन् गजबले हाली अँगालो गला
आफ्नो स्वार्थ निमित्त आज दुनियाँ डुब्दै छ सङ्कोचमा
आफ्नै पुत्रसमेत कालसरिको बन्छन् धराधाममा ।

बोकाका मुखभित्र अट्दछ यहाँ फर्सी कुभिन्डाहरू
कुर्सीमा जहिलेसुकै किन यहाँ बस्छन् उभिन्डाहरू
गालीशास्त्र पढी फलाक्छ जसले विद्वान् सुधी भन्दछन्
फ्याँकिन्छ्न् भुइँमा गुदी जति सबै बोक्रा महान् बन्दछन् ।

गुन्डा चोर दलाल भ्रष्ट जति छन् बस्छन् गलैँचातिर
विद्वान् सज्जन शिष्ट सभ्य जन ती पुग्छन् फलैँचातिर
अन्धा कानुनको हुँदैन भर नै छन् साधु ती जेलमा
साँढे मस्त भए पुगी सदनमा उत्ताउलो खेलमा ।

कोही कोकिलको सुरम्य लयमा गानाहरू गाउँछन्
नारा बेच्न यहाँ नयाँ फकिर ती बस्ती खुबै धाउँछन्
हामी हौँ पटमूर्ख कर्मठ सबै खान्छौँ गरी पौरख
कोही ढाँट्दछ लुट्छ देश दुनियाँ केही नमानी धक ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x