साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीवनको रचना

आशा गायब . भयो भने के हुन्छ ? क्रुरताको प्रतिवाद गरिरहेको विवेकबाट आशा हरायो भने के हुन्छ ? सुन्दर स्वप्न देख्ने आँखाबाट आशा मऱ्यो भने के हुन्छ ?

Nepal Telecom ad

डा. अमर गिरी :

कठिन समयमा
बचाएको छ आशाले
यसको अनुपस्थितिको कल्पना
लाग्छ कुनै
भयानक दुर्घटना जस्तै
र जीवनको बत्ती
एकाएक निभेको अनुभूति हुन्छ
जीवनको बाटोमा ।

धेरै वर्ष पहिले
एक साँझ
मधुरो प्रकाशमा बत्तीको
कथा सुनाउँदै
भनेकी थिइन् आमाले
आशा उज्यालो हो जीवनको
मर्न नदिनु
सम्हालेर राख्नु जीवनभर ।

आशाको अक्षरबाट
निर्मित छ जीवनको अर्थ
जीवनप्रति प्रेमको बुनोटमा
आशा छ
जीवनको गरिमा
आशाको सङ्गीतमै बोल्छ
आशाको नृत्यबाटै
निःसृत हुन्छ
जीवनको सौन्दर्य
आशा बगिरहने नदी
चम्किरहने तारा र
उडिरहने चरा ।

गिट्टी कुटिरहेको
मानिसको जीवनबाट
आशा निभ्यो भने के हुन्छ ?
विभेदका विरुद्ध
हिंडिरहेका खुट्टाबाट
आशा गायब .
भयो भने के हुन्छ ?
क्रुरताको प्रतिवाद गरिरहेको
विवेकबाट
आशा हरायो भने के हुन्छ ?
सुन्दर स्वप्न देख्ने आँखाबाट
आशा मऱ्यो भने के हुन्छ ?
यस्ता प्रश्न
गर्न पनि डर लाग्छ ।

आशाकै आवासमा बसेर
मानिस
जीवनको रचना गर्छ ।

०००
दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
तुइन

तुइन

डा. अमर गिरी
लय

लय

डा. अमर गिरी
धोका

धोका

डा. अमर गिरी
पाखण्ड

पाखण्ड

डा. अमर गिरी
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
समयले दिएको बाध्यता

समयले दिएको बाध्यता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x