साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनासिबाय

यसै गरी बितेका छन् कैयौँ युग मेरा तैपनि मैले सपना देख्न छाडेको छैन हतभागी गाउँ हुँ म यस देशको यति बेला मसँग सपनासिबाय अरू केही छैन ।

Nepal Telecom ad

डा. अमर गिरी :

सायद
म मात्र एक विम्ब हुँ
जसलाई कविहरू प्रेमले उन्छन्
आफ्ना कविताका हरफहरूमा
कविता उड्दै–उड्दै आइपुग्छ मसम्म
कुनै दूर देशको पन्छीझैँ
म सुमसुम्याउँछु उसलाई
आत्मीय भावले
पढ्छु उसका आँखाहरू
छाम्छु धड्किरहेको ह्दय
र राखेर सुत्छु सिरानीमा ।

सायद
म मात्र एक आश्वासन हुँ
जसलाई बुन्छन् सत्ताका नियन्ताहरू
अनेकौँ घोडाहरूमा सवार भएर
दन्त्यकथाका राजकुमारझैँ
ती आइपुग्छन् मसम्म ।

अनेकन् आभूषणले सजिएका राजकुमारहरू
ओर्लेर
आफ्ना वायुपङ्खी घोडाहरूबाट
अँगालो मार्छन् मलाई
जादुगरी आलिङ्गनमा
काट्न कोसिस गर्छु म
दुःखले भरिएका दिन र रातहरू ।

यसै गरी बितेका छन्
कैयौँ युग मेरा
तैपनि
मैले सपना देख्न छाडेको छैन
हतभागी गाउँ हुँ म यस देशको
यति बेला मसँग
सपनासिबाय अरू केही छैन ।

०००
दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तुइन

तुइन

डा. अमर गिरी
लय

लय

डा. अमर गिरी
धोका

धोका

डा. अमर गिरी
पाखण्ड

पाखण्ड

डा. अमर गिरी
लाजको मृत्यु

लाजको मृत्यु

डा. अमर गिरी
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
0
Would love your thoughts, please comment.x
()
x