साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धोका

सुन्दर शब्दमै तिनले डढेलो लगाए देशमाथि र डढिरहेको देशमा आफ्नो पिठ्यूँ सेकाए तिनले जे जति धोका दिए देशलाई सुन्दर शब्दमा दिए सुन्दर शब्दमा तिनले उल्ट्याउन खोजे इतिहासलाई ।

Nepal Telecom ad

अमर गिरी :

प्रायः धोका सुन्दर शब्दमा हुन्छ
शब्दमा प्रकट हुनुभन्दा पहिले
यसले छनोट गर्छ सुन्दर शब्दहरूको
सुन्दर शब्दहरूको खोजीमा
कहिलेकाहीं
वर्षाैं बित्छ
वर्षों पछि
सुन्दर शब्दहरूले सजाइएको डोलीमा
नयाँ बेहुलीफैँ प्रकट हुन्छ ऊ ।

जस जसले धोका दिए यस देशलाई
सुन्दर शब्दमै दिए
सुन्दर शब्दमै
तिनले हत्या गरे विश्वासको
सुन्दर शब्दमै
तिनले हत्या गरे
वर्षाैंदेखि स‌ङ्गालेका सुन्दर स्वप्नहरूको
सुन्दर शब्दमै
तिनले डढेलो लगाए देशमाथि
र डढिरहेको देशमा आफ्नो पिठ्यूँ सेकाए
तिनले जे जति धोका दिए देशलाई
सुन्दर शब्दमा दिए
सुन्दर शब्दमा
तिनले उल्ट्याउन खोजे इतिहासलाई ।

सुन्दर शब्द र धोका
सनातन सम्बन्ध छ यी दुई बीचमा
सुन्दर शब्दहरूमा
अझै जारी छ
धोकाको डरलाग्दो सिलसिला ।

०००
शब्दहरूको बीचमा (२०७१)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
पूर्ण ओली
पूर्ण ओली
7 months ago

घतलाग्दो कविता

Nepal Telecom ad
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
तुइन

तुइन

डा. अमर गिरी
लय

लय

डा. अमर गिरी
पाखण्ड

पाखण्ड

डा. अमर गिरी
लाजको मृत्यु

लाजको मृत्यु

डा. अमर गिरी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
1
0
Would love your thoughts, please comment.x
()
x