साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाखण्ड

तालीको गडगडाहटले स्वागत हुनेछ उसको सम्भाषणको तर कोठामा पर्खिरहेको हुनेछ उसलाई कुनै अज्ञात मानिसले भूमिगत तरिकाले पठाइदिएको कालो ब्रिफकेसले ।

Nepal Telecom ad

डा. अमर गिरी :

उसले लेख्नेछ
नारीमुक्तिको सुन्दर कविता
तर रातमा हुनेछ
कुनै अपरिचित स्त्रीको सयनकक्षमा ।

उसले लेख्नेछ
राष्ट्रवादको अब्बल दर्जाको लेख
नाम चलेको अखबारले
छाप्नेछ शीर्ष स्थानमा
तर उसको शरीरबाट
गन्ध आउनेछ अर्कै माटोको
अर्कै माटोमा फलेको
हीराको हार हुनेछ उसको गलामा ।

उसले दिनेछ
नैतिकताको सम्भाषण
सर्वोत्कृष्ट सम्भाषणबाट
मन्त्रमुग्ध हुनेछन् मानिसहरू

तालीको गडगडाहटले
स्वागत हुनेछ उसको सम्भाषणको
तर कोठामा
पर्खिरहेको हुनेछ उसलाई
कुनै अज्ञात मानिसले
भूमिगत तरिकाले पठाइदिएको
कालो ब्रिफकेसले ।

प्रेमको छातीमा चलाउनेछ हतियार
भन्नेछ प्रेम जिन्दावाद
चुँड्नेछ फूललाई
भन्नेछ फूल जिन्दावाद
विवेकलाई मारेर उसले
गाउने छ विवेकको अमरता ।

०००
शब्दहरूको बीचमा (२०७१)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
निम राना
निम राना
1 year ago

सुन्दर कवितन

Nepal Telecom ad
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
तुइन

तुइन

डा. अमर गिरी
लय

लय

डा. अमर गिरी
धोका

धोका

डा. अमर गिरी
लाजको मृत्यु

लाजको मृत्यु

डा. अमर गिरी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
1
0
Would love your thoughts, please comment.x
()
x