साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लय

हाम्रो आँसु हाँसो, सुख-दुःख सबैसँग छ एक लय यी सबैको योगबाट जन्मन्छ जीवनमा एक अनुपम लय र त्यो सितारकै बज्न सुरु गर्छ । तर ओ समय ! म भने जीवित छु यतिबेला लय भङ्ग भएको भूगोलमा ।

Nepal Telecom ad

डा. अमर गिरी :

एक लय छ नदीहरूसँग
वृक्षहरूसँग एक लय छ
हावालाई अँगालो हालेर
शारदीय घाममा नाचिरहेका धानका बाला
प्रचण्ड घामले बनाएका घाउहरूलाई
सुमसुम्याउँदै फक्रिरहेका गुलाब
पुसको चिसाेमा खोरिया खनिरहेका किसान
र उनीहरुको निधारबाट धर्तीको
स्पर्शका निम्ति खसिरहेको पसिना
एक लय छ त्यहाँ पनि ।

एक लय छ ब्रह्माण्डसँग
पृथ्वीसँग एक लय छ
एक लय छ सूर्यसँग
चन्द्रमासँग एक लय छ
स्त्रीका निधारमा चम्किरहेका टिकुलीझैं लाग्ने ताराहरूसँग एक लय छ
जब बाँसुरी अद्वितीय लयमा बज्छ
जब हार्मोनियमको स्वर लहरिन्छ लयमा
बज्न सुरु गर्छ हृदय र अपूर्व आनन्दको अनुभव हुन्छ
जब असाधारण लयमा प्रस्तुत हुन्छन् नृत्याङ्गना
र उनीहरूको नृत्यबाट निःसृत हुन्छ एक अनुपम सुगन्ध
त्यस सुगन्धसँग आफै नाचिरहेझैं लाग्छ
जब एउटा विलक्षण गीत गाइन्छ अद्भुत लयमा
आफै गीत बनिरहेझैं लाग्छ ।

हामीसँग भएको हृदयको एक लय छ
एक लय छ हाम्रो मस्तिष्कको
एक लय छ हाम्रो गतिको
हाम्रा आँसु हाँसो, सुख-दुःख
सबैसँग छ एक लय
यी सबैको योगबाट जन्मन्छ जीवनमा एक अनुपम लय
र त्यो सितारझैं बज्न सुरु गर्छ ।

तर ओ समय !
म भने जीवित छु यतिबेला
लय भङ्ग भएको भूगोलमा ।

०००
दाङ
डा. गिरीकाे हालै प्रकाशित ‘रातमा कलम’ कवितासङ्ग्रहबाट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
तुइन

तुइन

डा. अमर गिरी
धोका

धोका

डा. अमर गिरी
पाखण्ड

पाखण्ड

डा. अमर गिरी
लाजको मृत्यु

लाजको मृत्यु

डा. अमर गिरी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x