साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य, आधा भ्रम – ४५

खेतमा हलो जोतिरहेका दाजु हुन् वा घाँस काट्न गएकी भाउजू, भान्सामा काम गर्ने दिदी हुन् वा स्कुलमा पढाउने भाइ—सबैले फेसबुक स्टाटस लेख्न थालेका छन्।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

नेपालमा गाउँ–गाउँसम्म वाइफाइ र डेटा पुगेसँगै धेरैले सामाजिक सञ्जाल प्रयोग गर्न थालेका छन्। विदेश बस्ने छोराछोरी वा आफन्तले पठाएको पैसाले होस् वा वृद्धभत्ताको रकमले, हात–हातमा मोबाइल पुगेकै छ। तर त्यसलाई कसरी प्रयोग गर्ने भन्नेमा धेरै नेपाली अन्योलमा रहेका बेला ओमाले पार्टीका सभापतिले दिएको पछिल्लो निर्देशनले ठूलै राहत मिलेको छ।

पूरै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्देशन दिएका सभापतिले अहिले युटर्न मारेर सक्रियताका लागि निर्देशन दिएका हुन् ।

ओमाले पार्टीका सभापतिले दैनिक १० वटा स्टाटस, १० कमेन्ट, १० सेयर र १० लाइक गर्न उर्दी जारी गरेसँगै अहिले सबै व्यस्त छन्। खेतमा हलो जोतिरहेका दाजु हुन् वा घाँस काट्न गएकी भाउजू, भान्सामा काम गर्ने दिदी हुन् वा स्कुलमा पढाउने भाइ—सबैले फेसबुक स्टाटस लेख्न थालेका छन्।

उनीहरूलाई दश वटा कसरी पुर्‍याउने भन्ने चिन्ता हुन्छ। यद्यपि, त्यो क्षेत्रका नेताले दिएको सल्लाहका आधारमा लेख्न सहज भएको पाइएको छ। ओमाले सभापतिको यो निर्देशनसँगै फेसबुकले नेपालबाट प्राप्त गर्ने आए ५० प्रतिशतले बढेको पछिल्लो तथ्यांकले देखाएको छ।

निर्देशनमा केही सर्तहरू पनि सभापतिले उल्लेख गरेका छन्। लुसिफर अनिवार्य लेख्नुपर्ने, जेन–जी हरूलाई सख्त गाली गर्नुपर्ने, साझा बा – जिन्दावाद अनिवार्य लेख्नुपर्ने, विदेशीले बनाइदिएको सरकार भन्नै पर्ने, आगामी निर्वाचनमा बहुमत पक्का उल्लेख गर्नै पर्ने आदि।

जे होस्, जेन–जी आन्दोलनका कारण कोख रित्तिएका आमाहरू र काख रित्तिएका बाबुहरूलाई भने सभापतिले लाइक मात्र गरे पुग्ने छुट दिनुभएको छ। आखिर “साझा बा” को मन कोमल नै छ।

०००
व्यङ्ग्य लेखक दाहाल नुन–चिनी–पानी अमेरिकाका परिकल्पनाकार हुन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
0
Would love your thoughts, please comment.x
()
x