साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाजी:

जसले केपी र गगन हार्छन् भनेर बाजी राखे, तिनीहरूको हिम्मतलाई सलाम गर्नुपर्ने अवस्था पहिले थियो । तर अहिले....?

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

नेपालको चुनावी परिणामलाई लिएर अमेरिकामा धेरैले बाजी (बेट) राखेका रहेछन्। चुनावले पहिले नै विभाजित भएको समाजलाई नतिजाले झन् बढी विभाजित बनायो। अनि राखिएका बाजी नतिर्दा अहिले व्यक्तिगत रूपमा र सामाजिक सञ्जालमा पनि युद्ध सुरु भएको छ।

अमेरिका जस्तो ठाउँमा आएर “केपीले हारे भने कान काटिदिन्छु” भन्ने एक दर्जन जति भेटिए। केपी ओली हारे भने हाल नेपालमै रहेका एक विद्वानले अमेरिका सधैंका लागि नफर्कने वाचा गरेका रहेछन्। रेणु दाहाल हारिन् भने, “आफैंले आफैंलाई कालोमोसो दलेर सार्वजनिक हुनेछु” भन्ने पनि रहेछन्। “गगनले हारे भने म चारपाटा मोल्न तयार छु” भन्ने नर्थ क्यारोलाइनाका एक जना अहिले फेसबुक नै डिएक्टिभ गरेर गायब भएका छन्। अर्का एक जनाले “राप्रपा तेस्रो पार्टी बन्छ, बनेन भने म धर्म परिवर्तन गरेर क्रिश्चियन बन्छु” भनेर घोषणा गर्ने न्यू ह्याम्पसायरका घोसे शर्माले भने आफ्नो वाचा पूरा गरेका छन्।

धेरैजसो राखिएका बाजीहरू केपी ओली र गगनले जित्छन् भनेर राखिएका रहेछन्। बाजी हार्नेहरूको आधार पनि बलियो नै थियो। चुँडाल ब्रोले नै प्रचार–प्रसार गरेपछि बा ले हार्नेबारे सोच्ने कुरै भएन। नयाँ लुगा लगाएर आएका कांग्रेस सभापतिलाई अविश्वास गर्नुपर्ने कारण पनि थिएन। जसले केपी र गगन हार्छन् भनेर बाजी राखे, तिनीहरूको हिम्मतलाई सलाम गर्नुपर्ने अवस्था पहिले थियो । तर अहिले बाजी हारेर पनि नदिने, नतिर्ने र नगर्नेहरूलाई के गर्ने भनेर डिस्कोर्डमा छलफल भइरहेको छ।

यसरी राखिएका बाजीहरू पूरा गर्न गगन सर र केपी सरले गोफन्डबाट रकम संकलन गरेर भए पनि आफ्ना समर्थकलाई बोलेको वाचा फत्ते गर्न सहयोग गरिदिनुहुन नुन–चिनी–पानीको हार्दिक अनुरोध छ।

०००
(व्यङ्ग्य लेखक दाहाल ‘नुन–चिनी–पानी अमेरिका’ का परिकल्पनाकार हुन्।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४७

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x