शेषराज भट्टराईमेरो सक्कल मेरै अक्कल
पसलमा प्राविधिक कामले ब्यस्त बनाउछ तैपनि जाडोयाम एउटा खुट्टा तातो अर्को चिसोको अनुभव भैराखेको थियो । राति घरमा गएर जुत्ता खोलेर हेरेको एउटा खुट्टामा मोजै थिएन ।

शेषराज भट्टराई :
एकपटकको कुरा हो । मेरो एकजना मगर साथी थियो । तेतियो पढाइ खर्च जुटाउन म एउटा कपडा पसलमा काम गर्थे । उ मेरो हेल् थियो । उस्को नाम मान बहादुर थापा । घर नारायणघाट भन्थ्यो। उल्ले सँधै भीषण रक्सी पिउने गर्थ्यो । साहुजीले तलब दिएपछि त्यो हा नसकीयसम्म पसलमा आउदैन थियो । काम गर्नेको खाँचो भएर होला ढिलो भए पनि ५/७ दिन नआए पनि भैहाल्यो भन्दै काममा राख्ने गर्थ्यो।
एकपटक त्यसैगरी तलब बुझेर गयो तर काममा आएन । पैतीस दिनपछि म बस्ने कोठामा भट्टराई दाइ भन्दै भेट्न आयो । मैले कामना किन नआएको भने । उस्ले भन्यो बर्बाद भयो । अब त मलाई राख्दैन पनि होला । केही उपायभए गरिदिनु न । अनि मैले भने बाबू आमा छन् कि छैनन् ? छैनन भन्यो । काका काकी ? काका काकी छन् । य त्यसोभा यसो गर ल हिड हजामकामा । कपाल खौरिन लगाएँ अनि काका बितेर आउन पाइन भन राख्छ भने । उस्ले यसै भन्यो र फेरि साहुले कामना राख्यो ।
अर्को घटना तेतिखेर वारयार भन्ने चाइनिज जुत्ता चलनचल्तीमा आएको थियो । मैले आफ्नो बेतन जोगाएर त्यो जुत्ता किने दुइसय अस्थायी जागिरे) थियो । नयाँ एकपटक पनि नलगाएको जुत्ता कोठामा पचासमा । कोठामा एकजना पाल्पाको दामोदर कोइराला (नगरपालिकामा छोडेर गएँ । भरे साँझमा आउदा जुत्ता थिएन । कस्ले लग्यो भने थाहा छैन भन्यो । अनि म त्यो साथीसँग बस्न छोडे । लगाउन नपाए पनि मनमा त्यो जुत्ताको छाप ताजै छ ।
जहिल्यै पनि म धेरैजसो हस्याङफस्याङमै हुन्छु । किनकि मेरो प्राविधिक धन्दा धान्नु छ र उम्रिएको समय अक्षरमाला उन्नु छ । त्यसैले होला घरबाट छिटोछिटो चलायमान हन मोजा जुत्ता लगाएर पसल गएँ । पसलमा प्राविधिक कामले ब्यस्त बनाउछ तैपनि जाडोयाम एउटा खुट्टा तातो अर्को चिसोको अनुभव भैराखेको थियो । राति घरमा गएर जुत्ता खोलेर हेरेको एउटा खुट्टामा मोजै थिएन ।
एकपटक कृष्णजन्माष्टमीको दिन थियो । पोखरा परिक्रमा गरेर कृष्ण भगवानको झाँकी बिन्दवासिनी मन्दिरमा गएर भजन कीर्तन र सम्मान कार्यक्रम थियो । मलाई पनि सम्मानको खोस्टो दिने भनेको हुनाले नयाँ ६ सय हालेर लक्जरी किट्टो भन्ने चप्पल किनेर लगाएर गएँ। भजन कृतनमा मन गयो । चप्पल फुकालेर बाहिर नै राखे र भित्र गएर यावत कार्यक्रममा ब्यस्त भएँ । सभा विसर्जन पछि घर आउन चप्पल खोजे थिएन । मेरो चप्पल कुन भक्तजनले उछिट्यायो पत्तै भएन । त्यसपछि बिन्दबासिनी मन्दिरबाट सम्मानको खोस्टो हल्लाउदै खाली खुट्टा हल्लाउँदै बजारैबजार घर ।
अहिले पछिल्लो समय एउटा चेतावनी मुलक म्यासेज आयो आनन्दले निदाइराखेको मेरो मोवाइलमा । भैपरिआए त्यसको भागीदार म आफै हुनुपर्ने भन्ने चेतावनी थियो । उहाँले बोलेपछि सक्कियो फरकै पर्दैन । १० बर्ष अगाडि उहाँको यस्तै म्यासेजले गर्दा मेरो सिउर पलाएको थियो । म नाम्ले परेको बोकोझै खुसीले पुलकित हुँदै च्यापु फुलाएर बसेँ । बढीमा ५/७ दिन सम्ममा छुद्रग्रह मेरो टाउकामा बज्रिने आसले आफै ठालू बन्दै छोराछोरी, श्रीमती, छरछिमेक साथीभाइ सबैलाई मौका मिलाइजुलाइ भए पनि आफ्नो बढप्पन प्रकट गरेँ।
आज महिनौ ब्यातित भयो तर छुद्रग्रहको हावाले पनि मलाई छोएन । अन्तमा उहाँले नउम्लिन आग्रह गर्दै भन्नुभएको थियो समय कलबिष छ के ठेगान रातगए अग्राख पलाए हुन पनि सक्छ । त्यो छुद्रग्रह कता कस्को पुर्पुरोमा बज्रियाे मैले शंका त गरेँ तर पत्तो पाइनँ । हुस्सु हराम छु म। दूषित मल धेरै भएर त होला मेरो भागमा कस्तो छिटो अग्राख पलाएको । हत्तेरीका । च्वच्च उम्किएको माछो ठूलो भन्थे हो रहेछ ।
०००
पाेखरा
भर्खरै प्रकाशित ‘पोले पनि घामै प्यारो…’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest








































