साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मत दुई हजार बयासी

त्यसपछि तर्सिएर टाप कसेकी मेरी दुलही कहाँ अन्मरिछ भन्दै खाेजी गर्दैजाँदा एकैचाेटी मतगणना स्थलमा फेला परिन् । अब मत परिणाम घाेषणा नभएसम्म पानी पनि खान्न घर पनि जान्न भन्दै बज्रासनमा बसेकी छन् ।

Nepal Telecom ad

शेषराज भट्टराई

जेनजी आन्दोलनबाट सिर्जिएकाे हाे याे चुनाव । यसमा केपी ओलीकाे ठूलो याेगदान छ । किनकि उनले दुई हजार बयासी भदाै तेईस गते ती अबाेध बालबालिकाको कन्चट छातीमा केही गाेलीगट्ठा खर्च नगरेकाे भएदेखि हामीले मतदान गर्न कहाँ पाउँथ्याैँ र ? म पनि सरकारलाई सहयोग हाेस् भनेर एकदिन पुरै पसल बन्द गरी घाटा बेहाेरेर एउटा असतीकाे लुटचिन्हमा छाप ठाेक्दै लुट्ने माैका दिएर आएँ । भन्न त मताधिकारकाे सदुपयाेग भन्छन् तर यसभन्दा अगाडिकाकाे भ्रष्टाचारको ताल हेर्दा त दुरुपयाेग नै हाे कि झैं लागिरहेको छ । अबकाे स्वाँठले देश र जनताकाे ह्याकुलाे हँसाउन सकेन भने यस्ता मतमा बिमत जारी गर्नुपर्ला । अहिलेलाई फेरि एकपटकलाई महामुर्ख भइयाे भनाैनँ न ।

हामीले जिन्दगीमा धेरै पटक मत दिइसकेका छाैं । तर जसलाई मत दियो त्यो नेताे जितेर यति ठूलो भयो कि त्यसपछि हाम्रो आवासमा फर्किएर पनि आएन। हामीलाई चिन्दा पनि चिनेन । उसले महँगा गाडीमा सयर गर्न थालेपछि उसकाे पयर देख्न पनि छाेडियाे । उसका शाखासन्तानले ठूलाठूला अड्डा अदालतमा डढ्डा पल्टाउने भए तर आफूचाहिँ जहिले पनि गुन्द्रुक र ढिंडाे पल्टाएरै आँखा पल्टाउने बेला भैसक्याे । न आङमा घाम लाग्छ न टाङमा । हरिबिजाेक छ हजुर हाम्रो त ।

जेहाेस सुशीला आमैले आम चुनाव गरेरै छाडिन् । यस्तो बहादुर कामकाे मत परिणाम ककस्काे पाेल्टामा पर्याे भनेर अहिले परिणाम हेर्दा थाहा हुँदै छ । तर जस्ले सत्ताकाे स्वाद लिन्छ त्याे असनकाे साँढे चाहिँ अवस्य हुन्छ हाेला । किन भने तीन दशकदेखि त्यस्तै देखिँदै आएकाे छ। त्यसले आफू बाहेक कसैलाई गन्दैन चिन्दैन । याे शासनको मात हाे जुन मदिरा भातभन्दा ज्यादा लाग्छ ।

मत दिन्न भन्दाभन्दै आफ्नो त कमलाे मन आज नदिए भाेलि त दिउँदिउँ लागिहाल्छ । यसलाई नदिए तेसलाई दिउँदिउँ लाग्छ । पाखामा नदिए पानीमुनि गएर भए पनि दिन मन लागिरहन्छ । याे मत पनि हिजै अस्तिकै दिनदेखि दिन मन लागेर खप्नु खेप्नुनै भएन र फागुन २१ बिहानकाे भातभान्सा डकारेर मतदान केन्द्र तर्फ लागियाे भालेपाेथी । जेष्ठ नागरिक भैटाेपलेकाे हाम्रो पनि भत्ता बुझ्ने दिन नजिकिँदै छ भनेर बुढीकाे हात समाएर बिस्तारै हिँडाउँदै लगेँ । खुट्टा दुख्यो, कैंडा लाग्याे भन्दै थिइन् । चुप लागेर थपक्क हिँड भन्दै झर्काेफर्काे गर्दै मतदान स्थलमा पुर्याएँ ।

बुढाबुढीलाई बस्ने ठाउँ पनि थिएन । जलपान भित्रभित्र त छ कि जस्तो लाग्यो बाहिर चाहिँ घाँटी भिजाउने पानी पनि थिएन । टन्टलापुर घामले गर्दा काेही रुखकाे छायामा बसेर धकी रहेका थिए । काेही काेही लाै मरिने भैयाे भन्दै रामनाम जप्दै मनमन्दिरकाे घण्टी हल्लाई रहेका थिए । काेही चाहिँ यस्ताे माैका कहिले आउँछ र भन्दै मादल बजाएर माटाेमा बुर्कुसी मारिरहेका थिए । काेही चाहिँ गएर हलाे जाेत्नु छ भन्दै थिए त काेही चाहिँ छाता ओडेर रेडियाे सुनिरहेका थिए ।

सबै आआफ्नो तालमा झुमेकाे देखेर मेरी दुलहीले हामी पनि नाचुँ न भन्दै मतदान अधिकृतकै अगाडि खुट्टा बटार्न खाेज्दै थिइन् । बिचरा थकानग्रस्त सुरक्षाकर्मीलाई केमा चित्त बुझेन कुन्नि आकाशतिर फर्किएर हवाईफायर गरिहाल्याे । त्यसपछि तर्सिएर टाप कसेकी मेरी दुलही कहाँ अन्मरिछ भन्दै खाेजी गर्दैजाँदा एकैचाेटी मतगणना स्थलमा फेला परिन् । अब मत परिणाम घाेषणा नभएसम्म पानी पनि खान्न घर पनि जान्न भन्दै बज्रासनमा बसेकी छन् । म पनि श्रीमती छाेड्न नसकेर त्यही स्थानबाट भुँडीमा रङ्गीबिरङ्गी सारङ्गी बजाउँदै याे लेख पाेष्ट्याउँदै छु ।

म त दुई हजार बयासीकाे मत दिन पाउँदा कार्कीनी बज्यैलाई उधुम धन्यवाद दिएर कता कुदुम भैरहेकाे छु । मलाई त महिलाले गरेकाे महाकाम खुब रुच्याे । हजुरले पनि हजार हण्डर भुलेर खुलेर बधाई भन्नुस् है ।

०००
फूलबारी ११ पाेखरा कास्की ।
फाेन ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
0
Would love your thoughts, please comment.x
()
x