साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सिर्जना मञ्च लमजुङकाे ५८ औँ रचनावाचन कार्यक्रम

संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि कलानिधि दाहाल, विशिष्ट अतिथि डा. बमबहादुर थापा जितालीलगायत हुनुहुन्थ्याे ।

Nepal Telecom ad

काठमाडाैं । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ५८ औँ रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि कलानिधि दाहाल, विशिष्ट अतिथि डा. बमबहादुर थापा जिताली, गणेश आत्रेय, समीक्षक पुरुषोत्तम सिग्देलको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।

लमजुङको प्रवेशद्वारमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, स्वछन्द, कविता, सुसेली, मुक्तक, खोरिया, लोकछन्दका कविता रोचक ढङ्गबाट कविहरूले प्रस्तुत गरे । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।

यस गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्ने सर्जक कलानिधि दाहाल (अनुष्टुप् – हुन्न दुश्मन), पुरुषोत्तम सिग्देल ( अनुष्टुप् – गर्जिन्छ चन्द्रागिरि), डा. बमबहादुर थापा जिताली ( शार्दूलविक्रीडित – सिपाही), गणेश आत्रेय ( वसन्ततिलका – झोले), जनार्दन अधिकारी धड्कन (खोरिया – जिन्दग भयो अमिलो), गङ्गा लिगल (स्वच्छन्द – अमूल्य आँसु), दुर्गाप्रसाद सिग्देल (शार्दूलविक्रीडित – बा), विन्दु दाहाल (शार्दूलविक्रीडित – बन्दैन मान्छे ), दुष्यन्त भटराईं (मञ्जुला- चण्ड मुण्का दल) जगदीश्वर पोखरेल (बीभत्स – भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता), सुधा बाँस्कोटा ढकाल (मालिनी – जिन्दगीको कहानी), राचन्द्र न्यौपाने (अनुष्टुप् – ज्ञानगुनका कुरा), डिल्लीप्रसाद मुलतिहून( स्रग्विणी – बा), ध्रुवराज मिश्र ( लोकछन्द – कर्मदा) टेकबहादुर लौडारी (स्रगविणी – कर्मदा), वासु ठकुरी (इन्द्रवज्रा – अभिशप्त जिन्दगी), सूर्यकुमार पण्डित (मालिनी- आँसु झारी), चन्द्रावती अधिकारी (भुजङ्गप्रयात – संस्कार), द्वारिका कुइँकेल (लोकछन्द– सीमा व्यथा), लक्ष्मिप्रसाद मिश्र ( चारु ), पवनकुमार बुढाथोकी (मुक्तक), सुरेशचन्द्र घिमिरे (चारु – शृङ्गारिक), वीरबहादुर लोहनी (सवाई – मिर्रमिरे), चन्द्रा न्यौपाने (सुसेली ), रामकृष्ण अधिकारी (कर्मदालाई शुभकामना) र वसन्त खनाल (कर्मदालाई शुभकामना हुनु हुन्थ्यो ।

प्रमुख अतिथि कलानिधि दाहालले कर्मदा सिर्जना मञ्च नेपालले छन्दको उन्नयनमा योगदान गरेको छ भन्नुभयो । स्थापित र नवोदित सर्जकलाई आफ्ना रचना प्रस्तुत गर्ने, सिक्ने सिकाउने अवसर प्रदान गरेको छ भन्नु भयो । कर्मदालाई शुभकामना व्यक्तगर् भएको थियो । समीक्षक पुरुषोत्तम सिग्देलको कविताको सटिक समीक्षा गर्नु भयो ।

समीक्षक पुरुषोत्तम सिग्देलले वाचन गरेका सिर्जनाको सुललित किसिमले समीक्ष गर्नु भएको थियो ।
अध्यक्ष जगदीश्वर पोखरेलले गोष्ठीको संयोजन गर्नु भएको थियो । संस्थाको अनुरोधलाई स्वीकार गरेर सहभागी भएर कविगोष्ठी सफल बनाई दिनु हुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिदै समारोह समाप्त भएको घोषणा गर्नु भएको थियो ।
०००
जगदीश्वर पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x