साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धका सकसकाे गर ख्याल

पालपाेष उनकाे नित गर्नू भाेक राेग सबबाट उतार्नू हुन्छ बस्त्रतिर नै कफ राल वृद्धका सकसकाे गर ख्याल।

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

वृद्ध व्यक्ति जति छन् गर मान
गर्नु हुन्न कहिले अपमान
बुझ्नु पर्छ उनकाे सब हाल
वृद्धका सकसकाे गर ख्याल। १।

सान मान घरकाे यति जान
ज्ञान बुद्धि उनकाे सब मान
पर्नु हुन्न कहिले अबगाल
वृद्धका सकसकाे गर ख्याल।२।

राेग भाेक तनमा छ कि साेध
गर्नु हुन्न उनकाे अवराेध
दुःख दर्द जति छन् पर फाल
वृद्धका सकसकाे गर ख्याल ।३ ।

श्वेत केश तन वृद्ध र जीर्ण
खानपान पनि हुन्छ अजीर्ण
शक्तिहीन उनकाे छ बिहाल
वृद्धका सकसकाे गर ख्याल । ४।

पालपाेष उनकाे नित गर्नू
भाेक राेग सबबाट उतार्नू
हुन्छ बस्त्रतिर नै कफ राल
वृद्धका सकसकाे गर ख्याल। ५ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
कठै ! वृद्ध जनले

कठै ! वृद्ध जनले

कमला पन्थी अधिकारी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x