कमला पन्थी अधिकारीयी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम
छन् ज्येष्ठ साथ गृहमा सब तीर्थ जान सन्मार्ग दर्शक उनै नित राय मान धेरै हुँदा अनुभवी छ कला र ज्ञान यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।

कमला पन्थी अधिकारी :
सन्तान पालन गरे कसरै नराखी
पाकाे भयाे तन जसै अनि राेग साथी
आमा बुवा अनि सबै सम वृद्ध जान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।१ ।
राम्राे छ साेच यिनकाे सबकाे भलाइ
गर्छन् अथाह ममता नबनी पराइ
टाढा छ आँगन हरे ! मुखमा छ राम!
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम । २ ।
आदर्श हुन् भुवनका सब वृद्ध व्यक्ति
गर्छन् विमर्श यिनले गर मान भक्ति
सद्भाव हुन्छ मनभित्र सदैव जान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम । ३ ।
यी हुन् अमूल्य जहिले घरका जुहार
राख्छन् समस्त जनमा ममता अपार
सन्तानका हितमुखी अविराम काम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।४ ।
छन् ज्येष्ठ साथ गृहमा सब तीर्थ जान
सन्मार्ग दर्शक उनै नित राय मान
धेरै हुँदा अनुभवी छ कला र ज्ञान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम । ५ ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































