साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरूषको जुनी हुन पाइनँ

केही भाउ कतै न पाउन सकेँ दर्जा छ भान्से अझै यौटै काम गरेँ निरन्तर हरे ! दिक्दार लाग्ने सधैं जे जे भो जसरी भनी दिनदिनै भोगेँ जसै पाइन धेरै कर्मठ त्यो जुनी पुरूषको मैले हुनै पाइनँ ।

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

गर्छन् आँट भएर निर्भय सदा आकाश जस्तै स्थिर
आफ्नो कर्म र धर्ममा अडिग छन् पन्छाउँदै जन्जिर
पर्छन् जे व्यवहार बाहिरतिरै गर्छन् समाधान ती
बा आमा परिवार सन्ततिहरू पाल्ने छ सामर्थ्य नि ।१।

पर्दा देश विदेशको सफरमा पुग्ने तुरुन्तै त्यता
धेरै थोक लिएर फेरि घरमा आफैं समाल्ने यता
यस्ता धेर अनेक मान्य गुणले बन्छन् सबैका प्रिय
मेरो काम भने झिना र मसिना यी कार्यमै सक्रिय ।२।

आफ्नो त्यो परिवार नायक हुने सौभाग्य नैै पाइन
भार्याको मह झैं मिठो र गुनिलो त्यो प्यार नै पाइन ।
आशादीप बनेर बल्न नसकी मात्रै भए सेविका
मेरो के छ र योगदान घरमा उल्लेख्य के छन् क्रिया ? ।३।

पर्दा रात सधैं डरैडर हुने कस्तो जुनी हो कठै
आधारात हुँदा सधैं भय हुने मान्छन् सबैले अझै
नारीका कति हुन् अनेक नमिठा छन् त्रासदी यी क्षण
मेरो जन्म थियो भने पुरूषको गर्थें निकै उत्सव ।४।

केही भाउ कतै न पाउन सकेँ दर्जा छ भान्से अझै
यौटै काम गरेँ निरन्तर हरे ! दिक्दार लाग्ने सधैं
जे जे भो जसरी भनी दिनदिनै भोगेँ जसै पाइन
धेरै कर्मठ त्यो जुनी पुरूषको मैले हुनै पाइनँ ।५।

०००
काठमाडाैं
निकट प्रकाशाेन्मुख कविताकृति ‘प्याराे छ नेपाल याे’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
कठै ! वृद्ध जनले

कठै ! वृद्ध जनले

कमला पन्थी अधिकारी
कस्ताे प्रजातन्त्र हाे ?

कस्ताे प्रजातन्त्र हाे ?

कमला पन्थी अधिकारी
वृद्ध घरका

वृद्ध घरका

कमला पन्थी अधिकारी
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x