साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माछो माछो-भ्यागुतो भन्दिनू

दुनियाँ के हो ? सोधे कसैले माछो माछो-भ्यागुतो भन्दिनू आज यहाँ, भोलि त्यहाँ, पर्सि कहाँकहाँ यही त हो खबर, अतलको भन्दिनू ।

Nepal Telecom ad

महेन्द्र उपाध्याय अतल :

आखिर के नै, रह्यो भन्दिनू
आएको थियो, गयो भन्दिनू

यति चिसो तिमी, छुनै सक्दैनौ
के छोई आइस् ? आगो भन्दिनू

ती गाउँ मलाई, जान मनै छैन
नजाने गाउँको, बाटो भन्दिनू

आफ्‌ना पराई, सब त्यहीँ छुट्टिन्छन्
छ यस्तो गुण, बजारको भन्दिनू

यस्तालाई त्यस्तो भन्न, डरनै छैन उसलाई
‘अतल’ छ भर्खरकै, आलोकाँचो भन्दिनू

उसको अघि, मेरो के हैसियत ?
पत्याउँछन् भने, झन सानो भन्दिनू

दुनियाँ के हो ? सोधे कसैले
माछो माछो-भ्यागुतो भन्दिनू

आज यहाँ, भोलि त्यहाँ, पर्सि कहाँकहाँ
यही त हो खबर, अतलको भन्दिनू ।

०००
लम्कीचुहा, कैलाली
दुई (गजलसङ्ग्रह) – २०८३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x