साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कठै ! वृद्ध जनले

भयाे चाला यस्तै जनक जननी रुग्ण तनले बसेका छन् पर्खी घरतिर कठै ! दिक्क मनले विदेशी बन्दै छन् तनुज तनुजा तान्छ धनले खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

जवानीकाे बेला तन मन दुबैकाे बल कति
सबै पाेख्थे आफ्ना श्रम र पसिनाकाे भल अति
कठ‌ै ! कस्ताे आयाे समय पनि याे भन्छ मनले
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले । १ ।

न खाना नानाकाे रहर मनमा हुन्छ अहिले
बजाना गानाकाे लहड मनमा छैन अहिले
हुँदा धेरै राेगी मरण अब हाेस् भन्छ मनले
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।२

थिए छाेरा छाेरी तर पनि गए दूर थलमा
छ लागेकाे चिन्ता नजिक सब हुन् मृत्यु पलमा
पुराना साथीकाे पल पल गर्याे याद मनले
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले।३ ।

बिरामी पर्दामा नजिक रहने मानिस पनि
भएनन् आफन्ती तब त मन पाेल्ने भतभती
जमाना कस्ताे याे परमुलक प्याराे छ धनले
खपेका छन् पीडा निशिदिन कठ‌ै ! वृद्ध जनले । ४ ।

भयाे चाला यस्तै जनक जननी रुग्ण तनले
बसेका छन् पर्खी घरतिर कठै ! दिक्क मनले
विदेशी बन्दै छन् तनुज तनुजा तान्छ धनले
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले । ५।

०००
कलङ्की, काठमाडाे.                                                                                     

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x