साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सातौँ बकैया कला-साहित्य महोत्सव सम्पन्न : स्रष्टाहरू सम्मानित

झरना साहित्यिक परिवारकी अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षतामा सम्पन्न दुई दिवसीय उक्त कार्यक्रमको पहिलो दिन बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे ।

Nepal Telecom ad

हेटाैँडा । झरना साहित्यिक परिवार मकवानपुरको ३३ औं वार्षिकोत्सव तथा ३२४ औँ साहित्य शृङ्खलाको अवसरमा आयोजित ७ औँ “बकैया कला – साहित्य महोत्सव महेन्द्र मावि (प्राविधिक शिक्षालय ) मा सम्पन्न भएको छ ।

झरना साहित्यिक परिवारकी अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षतामा सम्पन्न दुई दिवसीय उक्त कार्यक्रमको पहिलो दिन बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे ।

महोत्सवको पहिलो दिन विभिन्न विद्यालयका विद्यार्थी शिक्षक र साहित्यनुरागीहरूसहित ३ सय जनाको उपस्थितिमा अन्तर विद्यालय कविता र चित्रकला प्रतियोगिता भएको थियो । यसै गरी डा. अर्पण पराजुलीद्वारा सकारात्मक सोच अभिवृद्धि सन्दर्भमा सहजीकरण गरिएको थियो । यसै क्रममा विद्यार्थीहरूद्वारा जातिगत नृत्यहरू प्रस्तुत गरिएको थियो ।

कविता प्रतियोगितामा १९ जना सहभागी भएकोमा प्रभात माविकी रितु विक, महेन्द्र माविकी इन्द्रकुमारी स्याङ्वो र बुद्ध माविकी शान्ति नेगी उत्कृष्ट तीनमा परेका थिए भने चित्रकलामा बुध्द माविका रिसा दोङ र प्रसिद्ध राई र महेन्द्र माविका मिखायल थोकर उत्कृष्ट तीनमा पर्न सफल भएका थिए ।

महोत्सवको दोस्रो दिन गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा डा. साहित्यकार रमेश शुभेच्छुलाई होमनाथ टीकामाया प्रतिभा सम्मान, साहित्यकार डा. निमेष निखिललाई बाबुलाल भोजमाया प्रतिभा सम्मान, देउडागायक नन्दकृष्ण जोशीलाई कुलकुमारी झलकनाथ सापकोटा लोक साहित्य सम्मान अर्पणा गरियाे ।

त्यसैगरी पत्रकार दीपक अधिकारीलाई गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान, साहित्यकार सिर्जना खनाललाई ऋषेश्वर रुक्मिणी-लक्ष्मीदेवी खनाल साहित्य सम्मान, साहित्यकार ऋचा लुइँटेललाई खडानन्द-मनमाया प्रतिभा सम्मान, साहित्यकार एस. आर. मञ्जरी ओलीलाई सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान, समाजसेवी डा. अर्पण पराजुलीलाई सञ्जीवीनी बुटी साहित्य सेवा सम्मान, चित्रकार सूर्य सन्यासीलाई खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान तथा नवसर्जक मोनिका नेगीलाई झरना बकैया-नवप्रतिभा सम्मानबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा सिन्धुली, चितवन, सर्लाही, बारा, रौतहट, लमजुङ लगायतका जिल्लाका कविहरू खडानन्द तिमल्सिना, धनमाया राई, विद्या भण्डारी चिराग, लम्बोदर काफ्ले, सुमित्रा आचार्य, मनोज लोहार तथा रमेश लामिछानेले कविता, गजल तथा मुक्तक सुनाएका थिए ।

यसै गरी डी.बी. बर्तौला, विष्णु गौतम, बिर्खे अन्जान, राजकुमार लामिछाने, जनार्दन खनाल, देवराज तिवारी, पुरुषोत्तम आचार्य, यश लामा, श्रीराम अधिकारी, केशव समर्पण, सागर तिमल्सिना, ओमभक्त भण्डारी, सञ्जित श्रेष्ठ, हरि पौडेल, विशाल अधिकारी आशुतोष, स्वस्तिका दाहाल, हरि घिमिरे, अमृता लामिछाने, नवराज न्यौपानेलगायत मकवानपुर जिल्लाका प्रतिष्ठित तथा सम्मानित स्रष्टाहरुले समेत आआफ्ना रचना वाचन गरेका थिए ।

झसापका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, संरक्षक उद्धवप्रसाद सापकोटा, सल्लाहकार दीपक गौतम, डा.विश्वनाथ सञ्जेल, लक्ष्मी जिम्बा, विजय भुलुन, कृष्ण घतानी, नीलहरि ढुङ्गेल, अजर फुयाँल लगायतले रचना वाचन तथा मन्तव्य व्यक्त गरेका थिए ।

यस महोत्सवलाई बकैया गाउँपालिका कार्यालयले प्रायोजन गरेको थियो ।

०००

रमेशमाेहन अधिकारीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x