साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रू. एक लाख राशिको ‘पर्या-साहित्य पुरस्कार’ स्थापना

नेपाली पर्या-साहित्य प्रतिष्ठानका अध्यक्ष हाल बेलायत निवासी पर्या-साहित्य अभियन्ता तथा लेखक विजय हितानले आफ्नी स्वर्गीय माता प्रेमकुमारी हितानको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेको घोषणा गर्नुभएको हो ।

Nepal Telecom ad

काठमाडौँ । वातावरणीय साहित्यको विकास, विस्तार र उन्नयन गर्ने उद्देश्यले एक लाख रुपैयाँ राशिको ‘प्रेमकुमारी हितानः पर्या-साहित्य पुरस्कार’ घोषणा गरिएको छ ।

नेपाली पर्या-साहित्य प्रतिष्ठानका अध्यक्ष हाल बेलायत निवासी पर्या-साहित्य अभियन्ता तथा लेखक विजय हितानले आफ्नी स्वर्गीय माता प्रेमकुमारी हितानको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेको घोषणा गर्नुभएको हो । ११औँ वातावरण गोष्ठीको विशेष समारोहमा पुरस्कार स्थापनाको औपचारिक घोषणा गरिएको थियो ।

घोषणा अनुसार उक्त पुरस्कार पहिलोपटक २०८४ सालमा आयोजना हुने १२औँ वातावरण साहित्य गोष्ठीको अवसर पारेर प्रदान गरिनेछ । वातावरण संरक्षण तथा वातावरणीय साहित्य सिर्जना, अनुसन्धान, प्रवर्द्धन र विकासमा उल्लेखनीय योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वलाई पुरस्कार प्रदान गरिने जनाइएको छ ।

पुरस्कार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय बनाउन स्वतन्त्र विज्ञ समितिको गठन गरिने तथा सोही समितिको सिफारिसका आधारमा पुरस्कार विजेता चयन गरिने जनाइएको छ ।

विजय हितान नेपाली पर्या-साहित्य प्रतिष्ठानका अध्यक्ष हुनुका साथै नेपाली साहित्यका सक्रिय सर्जक तथा सम्पादकका रूपमा परिचित हुनुहुन्छ । उहाँका ‘बिछोड अघिको रात’ (२०६७), ‘थकित पृथ्वी’ (२०७०), ‘लाहुरेको रेलिमाई’ (२०८०), ‘ब्लु प्लानेट’ (२०७८), ‘मलाई आर्यघाट लगेर नजलाउनू’ (२०८२) आदि गरी झन्डै १ दर्जन पुस्तक लेखन तथा सम्पादन गर्नुभएको छ ।

साहित्यिक सिर्जना र वातावरणीय चेतनाको समन्वय गर्दै आउनुभएकाे हितानले वातावरणीय साहित्यलाई संस्थागत रूपमा प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको बताउनुभयो ।

उहाँका अनुसार वातावरणीय साहित्यको विकास, विस्तार र उन्नयन गर्नुका साथै वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्न योगदान दिने स्रष्टा तथा अभियन्ताहरूलाई सम्मानित गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो ।

साहित्य र वातावरणबीचको अन्तरसम्बन्धलाई सुदृढ बनाउन स्थापित यो पुरस्कारले नेपाली वातावरणीय साहित्यको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x