साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लहै लहैलहैमा लागौँ

जँड्‌याहा जँड्याहाकै लहैलहैमा लागेर जहाँ पायो त्यहाँ जसरी पायो त्यसरी त्यसो गर्न मिल्छ ? त्यसैले लहैलहैमा लागेर आफूले आफ्नै नाक काट्ने काम किन गर्छन् बुद्धिजीवीहरू ।

Nepal Telecom ad

शेषराज भट्टराई :

कागले कान लग्यो भनेर कसैले चिच्यायो भने हामी आफ्नो कान छाम्दैनौ सोझै कागको पछिपछि दौडिन्छौ । कागको पछिपछि दौडिदा लडेर खुट्टा भाँचिने डर हुन्छ । नेपाली सोझासिदा जनता यस्तै हुन्छन् । साँच्चै चण्डाल भइन्थ्यो भने थपक्क कन्चटका कान छामिन्थ्यो र हल्ला गर्नेको ढाड डामिन्थ्यो । आफूलाई उल्लु बनाउने बहादुरलाई दूरदूर पारिन्थ्यो झाँको झारिन्थ्यो । तर हाम्रो ह्याउ कमजोर छ । हेर्दा मान्छे तन्दुरूस्त छ तर विवेक स्वास्थ भएर पनि सुस्त छ त्यसैले हाम्रो हविगत लहैलहैमा लागेर लहरिने बहकिने खालको छ र त हामी गन्तव्यमा रागिएको पिलो निचोर्दै ढिलो पुग्छौं ।

देशमा प्रचलित पछिल्लो लहैलहै चाहिँ लघुवित्त, सहकारीको पैसा झ्वाम पारेर तिर्नु पर्दैन भन्दै भट्टीमा रमाउदै दिन गाल्दै समय फाल्दै गर्नेहरूको हो । खाएपछि तिर्नु पर्दैन भनेर एउटा पग्लुले के भनेको थियो टाठाबाठा जनताले पत्याइहाले । भन्नेलाई जेल हाले र मान्ने लहैलहैमा लागेर रूपियाँ नतिर्ने उपियालाई पनि खोजीखोजी ठिगुरामा ठिङ्ग उभ्याइ रहेका छन् । हो मान्छे सत्य र तथ्यको पछि लाग्नुपर्छ । तथ्यबोध गर्ने क्षमता नभए धैर्य गर्दै धारिलो भएर बस्नुपर्छ । साथीसंगी छेउमा आए पारिलो भएर बस्नुपर्छ । तर लहैलहैमा लागेर दुष्टात्मा भ‌ड्किएझै भ‌ड्किनु चाहिँ हुँदैन । किनकि भड्किएपछि कसैले धुपधुवार गरेर सत्पथमा ल्याउँछ नै भन्ने कुनै ठेगान हुँदैन । त्यसैले लहैलहै सज्जनको सिंगो सक्कलका लागि हानिकारक छ र असल अक्कलका लागि चाहिँ दुर्भाग्यपूर्ण ।

साथीभाइको लहैलहैमा लागेर विदेश भासिन्छन् नवयुवाहरू अनि हुन्छन् तावाबाट उफ्रिएको माछो भुङ्ग्राेमा । तावाबाट भुङ्ग्राेमा भएपछि मान्छेले तीनत्रिलोक चौध भुवन देख्छ । लाखौंलाख खर्चिएर पराइको पासमा जानुभन्दा केही लाख खर्चिएर स्वदेशमा नै केही गरेदेखि स्वयं मरेदेखि पनि आत्माले शान्ति पाउँछ तर अँध्यारोमा हानेको झट्टिले भगवान भरोसा बाहेक हातलाग्यो शून्य । कत्रो आसभरोसामा तैरिदैतैरिदै हावाजहाजमा कावा खाँदै बहकिएको जिन्दगी बाकसमा फिर्ता आउदा मातृभूमि बासीलाई सुर्ता लाग्नु स्वभाविकनै ठहर्छ । त्यसैले लहैलहैमा लागेर स्वदेशलाई लात नमारौँ र स्वदेशमा नै केही गरौँ र स्वदेशमा नै मरौँ । स्वदेशकै खोलानाला खोल्सा खहरे तरौँ । खैनी माड्दै भए पनि केही त गरौँ ।

मान्छेले लहैलहैमा लागेर एउटै थाप्लोमा दुईवटा नाम्लो भिर्छन अर्थात् एउटी स्वास्नी छँदाछँदै अर्की नखर्माउली भित्र्याएर नदुखेको टाउको टनटनी कसेर आफैले आफ्नो खप्पर दुखाउछन् । पालनपोषण गर्न नसक्ने सन्तान जन्माएर बाटोनघाटो छोड्‌दै हिँड्छन् । आफू पनि मान्छे नै हो भने मान्छेले मान्छे उत्पादन गरेर मरेमरोस् जेसुकै गरोस् भनेर छोड्न मिल्छ ? उसप्रतिको न्युनतम मानव अधिकारका कुरा पूरा गर्नुपर्ने कुरा कता बिर्सन्छन् पशुहरूले । जँड्‌याहा जँड्याहाकै लहैलहैमा लागेर जहाँ पायो त्यहाँ जसरी पायो त्यसरी त्यसो गर्न मिल्छ ? त्यसैले लहैलहैमा लागेर आफूले आफ्नै नाक काट्ने काम किन गर्छन् बुद्धिजीवीहरू । जेहोस होस गर्नुपर्छ है । आफू लहैलहैमा लागि गर्दछ कि स्वविवेकमा चल्दैछ आफ्नो कसी बसीबसी आफैले लगाउनुपर्छ र माई खड्गो टर्छ अन्यथा सिंगो कद भड्खालोमा पर्छ ।

बेस्सरी फाइदा कमाउछु भनेर मान्छेले महंगो घरघडेरी जोड्छन् । चर्को ब्याजमा सुकोदाम खोजेर विलासी जिन्दगी जिउछु भन्दाभन्दै कन्दाकन्दै ब्याजको स्याजले सिंगो सक्कल नै खलासी बन्नपुग्दा झसङ्ग हुन्छ मान्छे । नक्कली कारोबार गरेर जिन्दगी सुधार्छु भन्दाभन्दे भड्खालोमा पर्छ मान्छे । विदेशबाट किलाका किला अबैध पहेंलो घातु भित्र्याएर महाजन बन्छु भन्दाभन्दै सरकारको बाघेकापु खाएर महाकंगाल बन्नपुग्छ मान्छे । यो अरू केही नभएर लहैलहैमा लाग्नुको फल हो। कर्मको फल हो र कुकर्मको प्रतिफल हो । लहै हजुर पनि बेलैमा लहैलहैमा लागेर जिन्दगीको गोरेटोलाई सुगम सहज र सुविधायुक्त तुल्याउनु हुन्छ कि ?

०००
फूलबारी, पाेखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x