धनराज गिरीससम्मान भोजन !
भोकाएका थिए जोर पण्डित । "ससम्मान भोजन !" एउटाको लागि थालमा "चना थियो" अर्कोको लागि "घाँस !" मुखामुख गरे, पण्डितलाई हेरे, बुहारीहरूले।

धनराज गिरी :
म समय, आजको कथा केही अलग, मेरो प्रोफेसरले खास प्रयोजन ,ध्यानाकर्षण उद्योगको लागि,घरमा पूजा गर्न खोज्यो, पत्नी खुशी पार्न, थाहा छ उसलाई,यो दुनियाँको कुनै पनि पति पत्नीलाई खुशी पार्न सक्दैन, नामुमकिन, सीताले त रामलाई स्वर्ण मृगको पछि दगुर्ने बनाइन्- अरूको के हालत होला,तर मेरो प्रोफेसर अलि निराला,अझ “प्रकाश, पन्त, निराला” तीन पागलहरूको योग, दीवाना, मेरो प्रोफेसर, म समय, पूजाको आयोजना भयो, जोर पण्डित बोलाइयो, जोर, नामी, नारायणप्रसाद पोखरेलको अवतार भन्न सुहाउँदो, आए टुप्पीलाल टपरेहरू, कथाको शुभारम्भ : पूजारम्भ :
“अब सभ्य हुनू !” पण्डित हन्तकालेश्वर कुइकेल।” भनेपछि, फेसबुक छोड्ने हो पण्डितजी ?” प्रोफेसर “महाकालेश्वर डेनी धर्मेन्द्रनाथ राजकुमार बुलन्दीश्री बलरामपुरे !”
“होइन, होइन, जनै व्यवस्थापन !” दोस्रो पण्डित, खरानीप्रसाद भास्करराज झापाली।
“ए ए,म त यो युगमा केही पात्र पात्राहरूको नजरमा कहिल्यै सभ्य हुनसक्दिन। बरु,सभ्यता र शिष्टता थपलियाहरूको पितामह हुनसक्छु, विश्वनाथकी कसम !” प्रोफेसर ।
“थाहा छ, थाहा छ, बढी बोल्ने होइन !” पत्नी, गौरी सौभाग्यश्री।
४३ मिनेटमा पूजा सम्पन्न ! श्रद्धापूर्वक। अनि प्रोफेसरले एकान्तमा लगेर एक, एक, एक्लै, पण्डितसित अर्को पण्डितको बारेमा सोध्यो, गोप्य,
“स्साला,त्यो गधा हो,केही पनि आउन्न, चीट चोरेर, गुरुको भाट बनेर ल्यायो खोस्टो। हिज्जे आउन्न। गधा हो।” पहिलो।
“स्साला, त्यो लफडा, तबेलाको घोडा ! मूर्ख हो !” दोस्रो।
प्रोफेसरको दिमागमा “गौर र विर्तामोड, गायत्रीकान्त र राधिकाकान्त” याद आए। बोलेन। बालेन्द्र शाह बन्यो।
“केही प्रा डाहरू पनि आए,केही साहित्यकारहरू आए !” मौन प्रोफेसर ।
“हजुरहरू भान्सामा आइस्योस् !” बहुरानी दुर्गाविन्दु गिरिजालोपाध्याय । मुख रसायो। भोकाएका थिए जोर पण्डित । “ससम्मान भोजन !” एउटाको लागि थालमा “चना थियो” अर्कोको लागि “घाँस !” मुखामुख गरे, पण्डितलाई हेरे, बुहारीहरूले। प्रोफेसरको मुखतिर हेर्न सकेनन्। आफ्नो आफ्नो कर्म,बोली सम्झिए। टाप। कर्मकाण्ड त्यागे।
म समय, “अरूको अपमान गरेर सम्मान पाइन्छ ?” मेरो प्रोफेसरको “न्याय” निराला!म अब लाग्छु हेटौंडा ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest






































