साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले सकेमा

वैरी को हो यस मुलुकको गुन्छु मैले सकेमा शत्रु पस्ने जति पनि दुलो थुन्छु मैले सकेमा किर्ना जो छन् रगत चुसने उन्छु मैले सकेमा नेता चल्ने मुलुक हितमा चुन्छु मैले सकेमा॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे” :

नौलो भाका अब दिनदिनै हाल्छु मैले सकेमा
उम्दा बत्ती नव प्रगतिको बाल्छु मैले सकेमा
बाटो खन्दै पद सहज नै चाल्छु मैले सकेमा
भ्रष्टाचारी जति पनि उठे ढाल्छु मैले सकेमा॥१॥

बाधा आए प्रगति पथमा गाल्छु मैले सकेमा
खाल्टापारे विधि नियममा टाल्छु मैले सकेमा
काटी अग्ला विष-रुख सबै बाल्छु मैले सकेमा
नेपालीका विकृति जति नै फाल्छु मैले सकेमा॥२॥

अड्को आए जति पनि यहाँ फुन्छु मैले सकेमा
कालो मैलो मनुज दिलको धुन्छु मैले सकेमा
चुम्दै अग्लो पथ प्रगतिको छुन्छु मैले सकेमा
नेपालीका सुखद सपना बुन्छु मैले सकेमा॥३॥

वैरी को हो यस मुलुकको गुन्छु मैले सकेमा
शत्रु पस्ने जति पनि दुलो थुन्छु मैले सकेमा
किर्ना जो छन् रगत चुसने उन्छु मैले सकेमा
नेता चल्ने मुलुक हितमा चुन्छु मैले सकेमा॥४॥

मेची काली हिम शिखर नै टेक्छु मैले सकेमा
साँढे दौडी धनहर पुगे छेक्छु मैले सकेमा
नेपालीको विजय सपना देख्छु मैले सकेमा
मिश्री जस्तो मधुर कविता लेख्छु मैले सकेमा॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
लुते कुकुर

लुते कुकुर

डा. सत्यराज थपलिया
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x