साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठहरू अति कष्ट सहन्छन्

ज्ञान छ जोसित भाग लगाई पोस्न युवाकन धेर सघाई चिन्तनमा हर रोज रहन्छन् ज्येष्ठहरू अति कष्ट सहन्छन्॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे”:

पौरखले घर नित्य सजाई
मानव जीवन उच्च बनाई
कर्मठ छन् सब धन्य रहन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्॥१

कीर्ति छ जोसित धेर फिँजेको
स्वेद छ निर्मल भूमि भिजेको
देन छ बेहद को कति गन्छन्?
ज्येष्ठहरू अति कष्ट सहन्छन्॥२

जोस छ जोसित सुन्दर भाँती
उड्न तयार छ यान समाती
शिल्प छ उत्तम लोक कहन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्॥३

भाइ र पुत्र छ सागर पारि
आँत छ चर्चर दर्द छ भारी
देश बनाउन जो गुरु बन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्॥४

दुर्गुण कल्मष फाल्दछु भन्छन्
जीवन दीप म बाल्दछु भन्छन्
निर्मल निर्झर तुल्य बहन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्॥५

ज्ञान छ जोसित भाग लगाई
पोस्न युवाकन धेर सघाई
चिन्तनमा हर रोज रहन्छन्
ज्येष्ठहरू अति कष्ट सहन्छन्॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

सरला पाेखरेल सरू
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x