साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले

बार हाल्छ कर्ममा र देह गाल्छ बेसरी स्फूर्ति घट्छ अङ्गको र तेज घट्छ सुस्तरी पार्छ जीर्ण रोगले पुकार्छ त्यो मसानले शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे” :

अम्मली बन्योभने अवश्य गिर्छ मानव
देह बन्छ जीर्ण झन् गुमेर मान वैभव
गर्नुपर्छ यो विचार वृद्धले जवानले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले॥१

बैँसमा बुढो बनी थलिन्छ देह नाहक
भन्छ लोक अम्मली र काट्छ बात व्यापक
हुन्छ धौ समाजमा न टिक्न सक्छ सानले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले॥२

खान पल्किए नसा अवश्य फिर्छ हो दशा
फल्दछन् शरीरमा नयाँ नयाँ ठुला व्यथा
देह गाल्छ बैँसमै सुकी नसा थकानले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले॥३

उड्छ ज्ञानरश्मि नै भुलेर शास्त्र सार नि
गिर्छ कर्मबाट त्यो मनुष्य अम्मली बनी
हेय गर्दछन् सबै स्वबन्धुले जहानले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले॥४

चैन हुन्न देहमा नपाउँदा घरी नसा
रेट्न आउँछन् जुटी अनेक ताडना दशा
पार्दछन् हियो छिया र छोड्दछन् तरानले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले॥५

बार हाल्छ कर्ममा र देह गाल्छ बेसरी
स्फूर्ति घट्छ अङ्गको र तेज घट्छ सुस्तरी
पार्छ जीर्ण रोगले पुकार्छ त्यो मसानले
शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
वृद्ध आश्रम बनून् शिवालय

वृद्ध आश्रम बनून् शिवालय

रामशरण न्याैपाने
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x