साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

नौलो समाज व्यवस्था जन्मेन खै बन्दुक उचाले पनि । मजदुर वर्गलाई दास बनाएकै छ अझै त्यै पुँजीवादले, यिनै गुनासो पोख्दै आसुँ झार्छिन् नेपाल आमाले पनि ।

Nepal Telecom ad

कल्पना पाैडेल जिज्ञासु :

१.
सुखी जीवन बन्छ जहाँ मेल हुन्छ विचारमा।
त्यस्तो व्यक्ति भेटिन्छ कि रैछ भने संसारमा ।
कठिन यात्रा जिन्दगीको सरल लाग्थ्यो पक्कै,
जीवन संगिनी उनैको बन्न पाए अधिकारमा ।

२.
पिरतीको सौगात वर्षे झुपडी पनि दरबार हुन्छ,
जसले दिन्छ खुसी त्यै जिन्दगीको हकदार हुन्छ ।
लोभीलाई धनै प्यारो हितकारीलाई मात्र मनको,
प्रियसीलाई त प्रियतमको हृदय नै सरकार हुन्छ ।

३.
दुधे बच्चा छोडी बिदेसिने कुनै आमाको रहर हुँदैन,
चर्किन्छ छाती सन्तान सम्झी नरोएको नजर हुँदैन ।
पुरुषबाटै शोषित पीडित कैयौँ नारी छन् प्रवासमा,
उनको त्याग अनि साहसको किन यहाँ कदर हुँदैन ।

४.
शासन उस्तै छ यहाँ पुरानो व्यवस्था फाले पनि,
नौलो समाज व्यवस्था जन्मेन खै बन्दुक उचाले पनि ।
मजदुर वर्गलाई दास बनाएकै छ अझै त्यै पुँजीवादले,
यिनै गुनासो पोख्दै आसुँ झार्छिन् नेपाल आमाले पनि ।

०००
खजुरा, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x