साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समस्त मातृशक्तिमा

यिनै बनी मियो दियो समाजको कमालको सुसारमा निमग्न छन् बुढाबुढी र बालको हियारमा गृहस्थको सुधारको छ कामना समस्त मातृशक्तिमा हजार लाख वन्दना॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे”:

यिनै जुहार दृष्टिका यिनै मुहान सृष्टिका
सुरम्य निर्झरी सरी दया र प्यार वृष्टिका
रमा उमा र शारदा बुझी म गर्छु चर्चना
समस्त मातृशक्तिमा हजार लाख वन्दना॥१

सुधार गेहको सबै सधैँ म गर्छु भन्दछन्
उठेर राष्ट्रको स्वयम् प्रधानसम्म बन्दछन्
विचार ज्ञान कर्ममा छ उच्च तीक्ष्ण भावना
समस्त मातृशक्तिमा हजार लाख वन्दना॥२

छ उच्च कामनासँगै उमङ्ग जोस जाँगर
सुकर्ममा बढी सधैँ प्रदीप्त पार्दछन् घर
तिखारिँदै छ जिन्दगी खपी हजार यातना
समस्त मातृशक्तिमा हजार लाख वन्दना॥३

सहेर कष्ट भामरी गरेर गर्भधारण
खुदा बनेर गर्दछन् अबोध बाल तारण
बुझेर तत्त्व यो सबै म गर्छु है उपासना
समस्त मातृशक्तिमा हजार लाख वन्दना॥४

यिनै बनी मियो दियो समाजको कमालको
सुसारमा निमग्न छन् बुढाबुढी र बालको
हियारमा गृहस्थको सुधारको छ कामना
समस्त मातृशक्तिमा हजार लाख वन्दना॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x