फित्काैली डटकमसाहित्य कला सङ्गम दमकद्वारा विभिन्न पुरस्कार अर्पण
अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षता तथा प्रा.डा. गङ्गाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएकाे हाे ।

झापा । साहित्य कला सङ्गम दमकले आयोजना गरेको साहित्य कला श्री, तुलसादेवी न्यौपाने स्मृति, भवानी मिश्र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पुरस्कार, रुद्र प्र निरौला स्मृति पुरस्कार र चन्द्रवीर स्मृति पुरस्कार अर्पण गरेकाे छ ।
पुरस्कार अर्पण समाराेह संस्थाका अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षता तथा प्रा.डा. गङ्गाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएकाे हाे ।
भवानी मिश्र अन्तरार्ष्ट्रिय पुरस्कार भारत असमका वरिष्ठ साहित्यकार मोहन सुवेदी , भवानी मिश्र राष्ट्रिय पुरस्कार बैतडीका साहित्यकार वासुदेव पाण्डेय , मोरङका अग्रज साहित्यकार ,गीतकार खेम नेपाली , झापाका स्रष्टा राजेन्द्र सङ्ग्रौला र वीरेन्द्र थोक्लीहाङलाई अर्पण गरियो ।
त्यसैगरी कीर्तिशेष तुलसादेवी न्यौपाने स्मृति पुरस्कार सुनसरी धरानका प्राडा भीम खतिवडालाई, कीर्तिशेष रुद्र निरौला स्मृति पुरस्कार दमकका साहित्यकार मेघराज तिम्सिनालाई तथा चन्द्रवीर स्मृति पुरस्कार झापा बिर्तामोडकी स्रष्टा मीना अधिकारीलाई समर्पण गरियो ।
रुद्र निरौला स्मृति पुरस्कारको पुरस्कार राशी रु १५००० र चन्द्रवीर स्मृति पुरस्कार रु ११,१११ रहेको छ भने बाँकी पुरस्कारको रकम जनही रु ३५००० र सम्मान पत्र एवम् मायाको चिनो रहेको छ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष यादव अधिकारी झाँक्रीखोलेले गर्नुभएको थियो भने सुरसुधा सङ्गीतालयकी अध्यक्ष तथा संस्थाकी उपाध्यक्ष चन्द्रा गड्तौला र वहाँका साथीहरूले स्वागत गीतका माध्यम बाट उपस्थित साहित्यकार साहित्यानुरागीहरूलाई स्वागत सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा भारतका वरिष्ठ साहित्यकार पुरुषोत्तम उपाध्याय दाहालको गरिमामय उपस्थिति रहेको थियो । कार्यक्रममा मोरङ, सुनसरी इलाम झापाका १५० भन्दा बढी आदरणीय अग्रज , अनुज र समकालीन साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो ।
दमक प्रज्ञा प्रतिष्ठान, कोशी साहित्य कला प्रतिष्ठान लगायत दर्जनौं साहित्यिक तथा सामाजिक सङ्घसंस्थाबाट पाल्नुहुने आदरणीय अध्यक्षज्यूहरू , प्रतिनिधिज्यूहरू, असमबाट पाल्नुहुने वरिष्ठ साहित्यकार, विशिष्ट अतिथि आदरणीय पुरुषोत्तम उपाध्यायज्यूको गरिमामय उपस्थिति रहेको थियो ।
साहित्य चौतारी बिर्तामोडका संस्थापक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठ , कोसी साहित्यकला प्रतिष्ठानका अध्यक्ष केशु विरही , नवनासो धरमपुरका अध्यक्ष एवम् सन्चारकर्मी दिलिप घिमिरे , प्राज्ञ सुमित्रा वाङ्देल चेली , दमक प्रज्ञा प्रतिष्ठानकी उपाध्यक्ष व्यन्जना भट्टराई, लगायत दर्जनौँ साहित्यिक संस्थाहरूका अध्यक्षहरूको पनि गरिमामय उपस्थिति रहेको थियो ।
भवानी मिश्र अन्तरार्ष्ट्रिय पुरस्कार ग्रहण गर्नुहुने विशिष्ट साहित्यकार श्री मोहन सुवेदीले यो पुरस्कारले मलाई पहिलो पटक नेपाल टेकाएको र आफू अत्यन्तै हर्षित भएको बताउनुहुँदै साहित्यकला सङ्गमको यो पुरस्कार अर्पण कार्यक्रमले नेपाल र भारत दुवै देशको साहित्यिक सम्बन्ध सुदृढ भएको र आफूलाई यो पुरस्कार ग्रहणले थप जिम्मेवार बनाएको कुरा बताउनु भयो ।
भारतकै अर्का विशिष्ट अतिथि श्री पुरुषोत्तम उपाध्यायले साहित्य कला सङ्गम दुवै देशबिचको साहित्यिक सम्बन्ध विस्तार विकास र सुदृढीकरण गर्न सेतुको भूमिकामा रहेको कुरा उल्लेख गर्नुभयो । संस्थाका तर्फबाट पूर्व अध्यक्ष एवम् सल्लाहकार नरपति पाण्डेले संस्थाका विषयमा प्रस्ट पार्नुभएको थियो ।
सम्मानित स्रष्टाका तर्फबाट प्राडा भीम खतिवडा, खेम नेपाली, वासुदेव पाण्डेय र मीना अधिकारीले बोल्नु भएको थियो । शुभकामना मन्तव्य राख्नेहरूमा साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठ, कोसी साहित्य कला प्रतिष्ठानका अध्यक्ष केशु विरही लगायतका हुनुहुन्थ्यो ।
कार्यक्रममा कविता वाचन पनि भयो सो क्रममा बेलबारीका स्रष्टा नवराज नवशिला, रङ्गेली साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष चिरञ्जीवी काफ्ले, धरानका लिम्बू गाउँका बाहुन भवानी खतिवडा, इलामका स्रष्टा नुरज भट्टराई, झापाकी लक्ष्मीअच्युत ढुङ्गाना लगायतले कविता, मुक्तक आदि वाचन गर्नुभएको थियो ।
प्रा डा गोविन्दराज भट्टराईले पठाउनुभएको कार्यक्रम सफलताको सारसन्देश संस्थाका महासचिवले सुनाउनुभएको थियो ।
उक्त कार्यक्रम संस्थाका महासचिव ओमप्रसाद खनालले सन्चालन गर्नुभएको थियो ।
०००
बिन्दु दाहाल मूकदर्शककाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































