साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

उत्तमोत्तम कृतिहरूको बहिष्कारका लागि गुठीतिर धाउनुपर्छ अब नमस्कारका लागि कसैले पढून्, नपढून् आफूलाई के मतलब एउटा किताब छपाउनु छ पुरस्कारका लागि ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
न व्यभिचारी, न भ्रष्टाचारी, न आतङ्ककारीसित डर लाग्छ
न तरवारधारी, न बन्दुकधारी, न लन्चरधारीसित डर लाग्छ
रकेट, ट्याङ्क, तोप, गोला जे जे देखाऊ डर छैन हामीलाई
फूलहरू भन्छन्, ‘हामीलाई त फगत् पुजारीसित डर लाग्छ ।’

२.
उत्तमोत्तम कृतिहरूको बहिष्कारका लागि
गुठीतिर धाउनुपर्छ अब नमस्कारका लागि
कसैले पढून्, नपढून् आफूलाई के मतलब
एउटा किताब छपाउनु छ पुरस्कारका लागि ।

३.
समयले हाहाकारी सङ्गीत बजाउन त बाँकी नै छ
परीक्षकले चुनौतीको प्रश्न बनाउन त बाँकी नै छ
साहसको डोरी अलि बलियोसित बाटेर बस् समर्थन
जीवनमा अझै दुःखको घडी आउन त बाँकी नै छ ।

४.
जीवनलाई जीवनामृत मानेर पिउन खोज्दा
मक्किएका पलहरूलाई रफु गरेर सिउन खोज्दा
‘जा समर्थन, बाँच् आफ्नो जिन्दगी’ भनेन जिन्दगीले
जीवनलाई फगत् जीवनजस्तै बनाएर जिउन खोज्दा ।

५..
दिउँसै अँध्यारो पार्छन् र उज्यालालाई रुवाउँछन्‌
यी ती जनावर हुन् जो कान्जीहाउसमा सुहाउँछन्‌
यी बहुरूपियाहरूको अनुहारमा भर नपर्नुस् महोदय
पहिले खुन बगाउँछन् अनि गोहीका आँसु चुहाउँछन् ।

०००
रुपन्देही
बदनाम आँचल (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x