साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छात्रवृत्ति

थर घिमिरे छ । फर्ममा दलित भन्ने ठाउँमा काटिएको छ । अनि तपाईं भन्नुहुन्छ दलित हुँ भनेर । हामीले कसरी थाहा पाउने ?" "समाजमा बाँच्नु पनि त पर्ने हाेला नि !"

Nepal Telecom ad

रमेश समर्थन :

विद्यालयमा छात्रवृत्ति वितरण भयाे । त्याे छात्रवृत्ति खास गरेर दलित समुदायका छात्रछात्राका लागि थियाे ।
भाेलिपल्ट म कार्यकक्षमा थिएँ । एकजना अभिभावक छाेरीलाई अघि लाएर दनदनाउँदै भित्र पसे र बम्के, “के हाे हेडसर ! यसरी पच्छेपात गर्न पाइन्छ ? म तपाईंमाथि उजुरी हाल्छु ।”

रिस त मलाई पनि उठेकाे थियाे तर नियन्त्रण गरेर भनेँ, ” पहिला त्यहाँ बस्नुस् अनि भन्नुस्, के भन्न खाेज्नुभएकाे हाे ?”

“म बस्दिनँ यस्ता भ्रष्टकाे साेफामा । मलाई जवाफ चाहियाे । हैन भने म उजुरी गर्छु ।”

अब भने मेराे पनि पाराे तात्याे । मैले भनेँ, “पहिले त मुख सम्हालेर बाेल्नुस् । भ्रष्ट भनेकाे के हाे ? बुझेर बाेल्नुस् । अब भन्नुस, तपाईंमाथि कहाँ पक्षपात भयाे र कुन कुराकाे उजुरी गर्ने धम्की दिनुभएको हाे ?”

“हिजाे अरूले छात्रवृत्ति पाउँदा मेरी छाेरीलाई किन  दिइएन ?”

” त्याे त दलित विद्यार्थीले मात्र पाउने छात्रवृत्ति थियाे त तपाईंले कसरी पाउने ?”

“म दलित त हाे नि । म दलित भएपछि मेरी छाेरी दलित भइन ?”

मैले कक्षाशिक्षकलाई बाेलाएर निज छात्राकाे भर्ना विवरण हेर्न लगाएँ र भनेँ, “तपाईंले कतै पनि दलित भनेर लेख्नुभएको छैन । थर घिमिरे छ । फर्ममा दलित भन्ने ठाउँमा काटिएको छ । अनि तपाईं भन्नुहुन्छ दलित हुँ भनेर । हामीले कसरी थाहा पाउने ?”

“समाजमा बाँच्नु पनि त पर्ने हाेला नि !”
यसपछि उनी निस्केर गए, मैले न राेक्न सकेँ न बाेल्न सकेँ ।

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x