साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नवसर्जक चाैतारीकाे सिर्जनावाचन तथा विमर्श कार्यक्रम

नवसर्जक साहित्य चौतारी नेपालको आयोजनाले आफ्नो कार्यक्रमका सन्दर्भमा नवसर्जक अनुज्ञा नेपाल तथा समर्पण न्यौपानेका पाँच पाँचओटा कविता वाचन कार्यक्रम सम्पन्न गर्यो ।

Nepal Telecom ad

हेटाैडा । नवसर्जक साहित्य चौतारी नेपालको आयोजनाले आफ्नो कार्यक्रमका सन्दर्भमा नवसर्जक अनुज्ञा नेपाल तथा समर्पण न्यौपानेका पाँच पाँचओटा कविता वाचन कार्यक्रम सम्पन्न गर्यो ।

कार्यक्रमको प्रारम्भमा जनार्दन खनाल तथा सबिना थापाले आआफ्ना कविता सुनाएका थिए । यसपश्चात् दीपक गौतमले रचना वाचकहरूको परिचय दिएका थिए ।

अनुज्ञा नेपालले आफ्ना पाँचओटा कविता तोटक, शिखरिणी, शार्दूलविक्रीडित, नर्कुटक पञ्चचामर गरी फरक फरक छन्दमा सुनाइन् ।

यसै गरी समर्पण न्यौपानेले पाँचओटै गद्य कविता सुनाएका थिए । वाचित कविताहरूको समीक्षा सुवास खनाल तथा पुरुषोत्तम आचार्यले गरेका थिए । दुबै जना कविका कविताहरूमा राष्ट्रिय चेतना, विसङ्गति विरुध्दको आवाज, विद्रोहको भावना, स्वतन्त्रताको चाहना, परिवर्तनको अपेक्षा तथा सचेतताको आह्वान ब्यक्तिएका थिए ।

स्वस्तिका दाहालको उद्घोषण, बिबिसा रुम्बाको स्वागत तथा कृतिका लाैडारीको सभाध्यक्षता रहेको सो कार्यक्रमको प्रमुख आतिथ्य निमेष निखिलले गरेका थिए ।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
रमेशमोहन अधिकारी
रमेशमोहन अधिकारी
1 hour ago

हार्दिक धन्यवाद !

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x