साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोपी मैनालीको ‘विचार र विचरण’ लोकार्पित

वासुदेव ढकालको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व समालोचक प्रा.डा.अभि सुवेदी रहेका थिए।

Nepal Telecom ad

काठमाडौं । समालोचक गोपी मैनालीको कृति ‘विचार र विचरण’ (समालोचनात्मक अन्वेषण)को आज लोकार्पण
भयो ।

मकालु ग्रुप अफ कम्पनी प्रा.लि. का संस्थापक अध्यक्ष वासुदेव ढकालको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व समालोचक प्रा.डा.अभि सुवेदी रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथि सुवेदी, पुस्तकका लेखक गोपी मैनाली, पत्रकार वसन्त बस्नेत, प्रा.डा.खगेन्द्र प्रसाद लुइँटेल, इतिहासविद् प्राज्ञ दिनेशराज पन्त, लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, समालोचक युवराज मैनाली लगायतले मन्तव्य राखेका थिए ।

यसैगरी कार्यक्रममा रामबाबु नेपाल, कलानिधि दाहाल, सरू जोशी, लवदेव अवस्थी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मैनाली सुषमा पाण्डे मैनालीले स्वागत गरेको सो कार्यक्रममा वटुकहरूद्वारा वैदिक मङ्गलोचारण तथा स्वस्ती वाचन पनि गरिएको थियो।

कार्यक्रमको सहजीकरण कवि ठाकुर बेल्बासेले गरेका थिए।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x