साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तोला तोलामा मान्छे

उसले धरती मात्र बेचेन— आफ्नो विवेक बेच्यो, आफ्नो आत्मा बेच्यो, आफ्नो भविष्य बेच्यो। अन्ततः आफैँलाई बेच्दै गयो तोला–तोलामा ।

Nepal Telecom ad

अनिता कोइराला :

हातैमा चम्किएको
अमूल्य उज्यालोबाट
विच्छेदित भएपछि
उज्यालोकै स्पृहामा
अनन्तकालदेखि
भौँतारिएको छ चेतना।

समयको चक्रमा
सचेतनाको मन्त्र जप्दै,
संयमको पाठ दोहोर्‍याउँदै,
कल्पिएको थियो
मानव जन्म।

सूक्ष्म शून्यको परिधिभित्र
आकारविहीन,
वाणीविहीन,
गन्तव्यविहीन
अदृश्य चेतनाले
पश्चातापको अथाह समुद्र बोकेर,
प्रार्थनाको अञ्जुली बाँध्दै
आकाश,
अग्नि,
जल,
वायु
र पृथ्वीको
मस्तकमा विश्वासको हात राखी
वाचा गरेको थियो—
“अब मबाट
गल्ती दोहोरिने छैन।

थाहा छ,
म तिम्रो आँगनको
क्षणिक पाहुना मात्र हुँ।

तिम्रो अस्तित्वमाथि
कदापि घात गर्ने छैन।
अज्ञानको अन्धकारमा
अमूल्य समय
व्यर्थ खेर फाल्ने छैन।

भगवान् बन्नु छैन मलाई,
मान्छे भएरै
बाँच्न सिक्नेछु।

यो नश्वर देहले
स्वर्ग बनाउन नसके पनि
हरियालीको सपनाले
धरती सजाउनेछु।”

तर
विडम्बना !
उसले
धरती मात्र बेचेन—
आफ्नो विवेक बेच्यो,
आफ्नो आत्मा बेच्यो,
आफ्नो भविष्य बेच्यो।
अन्ततः
आफैँलाई बेच्दै गयो
तोला–तोलामा ।

०००
चन्दागिरि-५, काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सावधान ए निर्दयी समय !

सावधान ए निर्दयी समय...

अनिता काेइराला
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
प्रेमाशक्त

प्रेमाशक्त

अनिता काेइराला
फूलको उत्सव

फूलको उत्सव

अनिता काेइराला
ढुङ्गा बनेको मान्छे !

ढुङ्गा बनेको मान्छे !

अनिता काेइराला
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x