साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेमाशक्त

आऊ, निर्धक्क भएर आऊ म तिमीलाई प्रेम सिकाउँछु तिम्रा शब्दहरू सबै जलाएर आऊ प्रेमको कुनै भाषा छैन मेरो संसारमा प्रेमले तृप्त भएको पल, थाहा पाउनेछौ ।

Nepal Telecom ad

अनिता कोइराला :

आऊ म तिमीलाई अनौठो प्रेम गर्छु
जुन प्रेम आजसम्म कुनै प्रेमीले गरेको छैन

तिमीलाई आनन्दको उत्कर्षमा पुर्याएर प्रेम गर्छु
जुन प्रेम सूर्यभन्दा तातो हुनेछ
हावाभन्दा शीतल
समुद्रभन्दा गहिरो
हिमालभन्दा अग्लो
पानीभन्दा स्वादिलो

निश्चित भूगोलभन्दा माथिको प्रेम
ब्रह्माण्डभन्दा फराकिलो प्रेम
जहाँ अन्त्यहीन समय छ
जहाँ प्रेमकै लयमा हाम्रो श्वास चल्नेछ
हो म तिमीलाई त्यहीं पुर्याएर प्रेम गर्छु

तर एउटै सर्त छ
अविश्वासका जम्मै पर्खाल भत्काएर आऊ
बाहिर खोजी हिँड्ने आफ्नै
आँखाहरू फुकालेर आऊ
आकाङ्क्षाको महलहरू जलाएर आऊ
हरपल उडिरहने मनलाई हकारेर आऊ

म तिमीलाई यस्तो प्रेम गर्छु
जहाँ तिम्रो शरीरसँग कुनै अस्तित्व छैन
त्यसैले तिमी आफ्नो टाउको काटेर आऊ
स्पर्शमा उन्मादी हुने अङ्गहरू छिनाले आऊ

म तिमीलाई असीम प्रेम गर्छु
हामी त अनन्त कालका प्रेमी हौं
विश्वासको हिमाल उचालेर आऊ
आऊ, निर्धक्क भएर आऊ
म तिमीलाई प्रेम सिकाउँछु

तिम्रा शब्दहरू सबै जलाएर आऊ
प्रेमको कुनै भाषा छैन मेरो संसारमा
प्रेमले तृप्त भएको पल, थाहा पाउनेछौ
तिम्रो वास्तविक टाउको मैले जोडिरहेको ।
शाश्वत प्रेमको आनन्दमा
तिमीलाई गर्भधान गरिरहेको।

आऊ म तिमीलाई नौलो प्रेम गर्छु

परिवर्तनको आयामभन्दा भिन्न
प्राप्ति र अप्राप्तिको मैदानभन्दा पर

तिमी मलाई मात्र प्रेम देऊ
म तिमीलाई अपार शान्तिमा दिन्छु
प्रेमकै झुलामा झुलाउँछु
प्रेमकै सागरमा डुवाउँछु
प्रेमकै सङ्गितमा नचाउँछु
सीमाविहीन प्रेम,
स्वादविहीन प्रेम
रङ विहीन प्रेम,
अन्त्यहिन प्रेम
प्रेम नै प्रेम ! मात्र प्रेम ।

०००
काठमाडाैं
२०८२-११-२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सावधान ए निर्दयी समय !

सावधान ए निर्दयी समय...

अनिता काेइराला
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
फूलको उत्सव

फूलको उत्सव

अनिता काेइराला
ढुङ्गा बनेको मान्छे !

ढुङ्गा बनेको मान्छे !

अनिता काेइराला
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x