साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ लोकार्पण

त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरकाे आयोजनामा सयौँ गीत समेटिएको उक्त सङ्ग्रह कोइरालाको गृहजिल्ला भोजपुरमा आज सार्वजनिक गरिएको हो ।

Nepal Telecom ad

टक्सार  (भोजपुर) । कवि तथा साहित्यकार शङ्करप्रसाद कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ नामक गीतिसङ्ग्रह भोजपुरमा लोकार्पण गरिएको छ । सयौँ गीत समेटिएको उक्त सङ्ग्रह कोइरालाको गृहजिल्ला भोजपुरमा आज सार्वजनिक गरिएको हो ।

सरल र बहुआयामिक व्यक्तित्वका धनी कोइराला साहित्यकार तथा समाजसेवीका रूपमासमेत परिचित हुनुहुन्छ । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले ‘आधा जिन्दगी बितिसक्यो’, ‘लाजको लाली पोतेर आइदेउन’ र ‘रुपौली रानी’लगायत कयौँ चर्चित गीतहरूको रचना गरिसक्नुभएको छ ।

आफ्नो माटोप्रतिको माया र सम्मानका कारण जन्मथलोमा गीत सङ्ग्रह लोकार्पण गरिएको कोइरालाले बताउनुभयो । विसं २०५१ मा स्थापित संस्था त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले कोइरालाको गीत सङ्ग्रह लोकार्पण कार्यक्रमको आयोजना गरेको हो ।

सोक्रममा कला क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै कोइरालालाई दोसल्लासहित सम्मानपत्रबाट सम्मान गरिएको छ । कार्यक्रममा कोइरालाले कला, साहित्य र गीतलाई मनोरञ्जनका रूपमा मात्र लिन नहुने बताउँदै यसले समाजका यथार्थ अवस्था चित्र गर्ने उल्लेख गर्नुभयो । उहाँले समाजमा सकारात्मक परिवर्तनका लागि कला, साहित्वको महत्तपूर्ण योगदान रहने धारणा राख्नुभयो । – रासस

००० 

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
1 hour ago

के हो यस्तो समाचारको कथन ?कवि तथा साहित्यकार अरे ! कवि साहित्यकारमा पर्दा रहेनछन् कि कसो?

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x